प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बाह्रखरी मिडियाले जानकारी दिएको छ ।
काठमाडौँ — बाह्रखरी मिडियाले हरेक वर्ष आयोजना गर्दै आइरहेको कथा प्रतियोगिताको नयाँ संस्करण ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ घोषणा गरेको छ ।
नक्सालस्थित होटल मेरियटमा आयोजित पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो । यसवर्ष अघिल्ला वर्षहरूभन्दा पुरस्कार राशि पनि बढाइएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
संग्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ । ‘नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस कथा प्रतियोगितामा कात्तिक ३० गतेसम्म सम्पूर्ण प्रतियोगीहरूले [email protected] इमेल गरेर कथा पठाउनुपर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ । प्रतियोगिताको निर्णायक समूहमा रंगकर्मी अशेष मल्ल रहेका छन् ।
निर्णायक समूहको सदस्यहरूमा कथाकार श्री मञ्जु काँचुली र कथाकार अभय श्रेष्ठ छन् । उत्कृष्ट २५ कथा ‘उत्कृष्ट कथा, २०८२’ संग्रहमा प्रकाशित हुनेछन् ।
