दुईलाख रुपैयाँ राशीको यो पुरस्कार कात्तिक १९ गते प्रदान गरिनेछ ।
काठमाडौँ — धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल गुरुङ कृति पुरस्कार बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’लाई प्रदान गर्ने निर्णय गरेको छ । पुस्तकालय संचालक समितिले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै यस्तो निर्णय सार्वजनिक गरेको हो । बस्नेत अनलाइनखबर डटकमका प्रधानसम्पादक हुन् ।
पुस्तकालयका अध्यक्ष पूर्णवहादुर गुरुङका अनुसार पुरस्कारका निम्ती स्वदेश तथा विदेशबाट १०४ कृति प्राप्त भएका थिए । प्राप्त भएका कृतिबाट यसअघि श्रेष्ठ १० कृति छनौट गरिएको थियो । ती मध्येबाट सिमसारा उपन्यासलाई पुरस्कारका निम्ति चयन गरिएको अध्यक्ष गुरुङले बताए ।
दुईलाख रुपैयाँ राशीको यो पुरस्कार कात्तिक १९ गते आयोजना हुने ३४ औं राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५४ औ जन्मजयन्तीको अवसरमा प्रदान गरिनेछ ।
