सांग्रिला संवादको दोस्रो शृंखलामा नाट्य चर्चा र कविता वाचन

संवादमा साहित्यकारद्वय अभि सुवेदी र अरुण गुप्तोले नाट्य र सिद्धान्तका विविध पक्षहरूमाथि गहन विमर्श गरे ।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

Drama discussion and poetry reading in the second series of Sangrila dialogues

What you should know

काठमाडौँ — सांग्रिला लिटरेचर फेस्टिबलको दोस्रो ‘सांग्रिला संवाद’ ललितपुरको मोक्ष रेस्टुरेन्ट एन्ड बारमा सम्पन्न भएको थियो । संवादमा साहित्यकारद्वय अभि सुवेदी र अरुण गुप्तोले नाट्य र सिद्धान्तका विविध पक्षहरूमाथि गहन विमर्श गरे ।

अभि सुवेदीले नाटक विधामा आफूले गरेका कामलाई सम्झिए र अरुण गुप्तोले नाटकलाई सिद्धान्तका दृष्टिकोणले आफ्ना मत प्रकाश पारेका थिए । दुवैले नाटकमा हिंसा र प्रेम गर्ने तरिकामाथि आफ्ना अवलोकनहरू चर्चा गरे ।

गुप्तोले भने, ‘दुःखबाट निस्किएको ज्ञान एकदमै महत्वपूर्ण हुन्छ, जुन पहिलेका नाटकमा प्रस्तुत गरिन्थ्यो, आजभोलि हरर त भेटिन्छ तर दुःखबाट निस्किएको ज्ञान नाटकमा प्रस्तुत गरेको बिरलै भेटिन्छ ।'

अभि सुवेदीले संवादको अन्त्यमा आफूले रचेको पुरानो हाइकु सुनाए, जुन साँढेबारे थियो ।

सुवेदी र गुप्तोको संवादपछिको दोस्रो सत्र कविता–वाचनमा ७ कविले आफ्ना नयाँ–पुराना कविता सुनाएका थिए ।

Drama discussion and poetry reading in the second series of Sangrila dialogues

कविहरू विनोदविक्रम केसी, विश्व सिग्देल, काशीराज पाण्डे, मोमिला जोशी, उषा शेरचन, विजय हितान र भूमिका थारूले कविताको भव्य र सुन्दर काव्यिक माहोल सिर्जना गरे । प्रायः कविहरूले कवितामा आफ्ना प्रियजनका पोट्रेट र तिनका नोस्टाल्जिया लेखेका थिए ।

Drama discussion and poetry reading in the second series of Sangrila dialogues

कवि केसीको ‘शिलाजित,’ सिग्देलको ‘जोकर र देश’, पाण्डेको ‘बरु म रित्तै फर्किन्छु’, जोशीको ‘छोरा म तिम्रो अभिसप्त आमा’,  शेरचनको ‘पानी जस्तै म’, हितानको ‘पृथ्वीनारायण फेरि चन्द्रागिरी आएछन्’, र थारूको ‘हजुरआमा र देश’ कविताहरूले दर्शक–श्रोतालाई भावुक र मन्त्रमुग्ध बनाइरह्यो ।

कार्यक्रममा १०० जनाभन्दा बढी सहभागीहरूको उत्साहजनक सहभागिता थियो ।

Drama discussion and poetry reading in the second series of Sangrila dialogues

Drama discussion and poetry reading in the second series of Sangrila dialogues

Drama discussion and poetry reading in the second series of Sangrila dialogues

Drama discussion and poetry reading in the second series of Sangrila dialogues

Drama discussion and poetry reading in the second series of Sangrila dialogues

कान्तिपुर संवाददाता

Link copied successfully