सरु संगीत घरका प्रबन्ध निर्देशक डेनी निरौलाका अनुसार, वरिष्ठ संगीतकार एवं गायक कोमल निरौलाको संरक्षकत्वमा स्थापना गरिएको पुरस्कार हरेक वर्ष नेपाली गीत, संगीत र वाद्यवादन क्षेत्रमा विशिष्ट योगदान पुर्याएका, ४० वर्षमाथिका महिला कलाकारलाई प्रदान गरिन्छ ।
काठमाडौँ — लोकसंगीत क्षेत्रकी चर्चित नाम कविता आले यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छन् । सरु संगीत घरले दिवंगत सरस्वती निरौलाको स्मृतिमा गत वर्ष ३ लाख रुपैयाँ राशिको अक्षयकोष खडा गरिएको थियो ।
सरु संगीत घरका प्रबन्ध निर्देशक डेनी निरौलाका अनुसार, वरिष्ठ संगीतकार एवं गायक कोमल निरौलाको संरक्षकत्वमा स्थापना गरिएको पुरस्कार हरेक वर्ष नेपाली गीत, संगीत र वाद्यवादन क्षेत्रमा विशिष्ट योगदान पुर्याएका, ४० वर्षमाथिका महिला कलाकारलाई प्रदान गरिन्छ ।
यस वर्षको पुरस्कारका लागि चयन समितिले कविता आलेलाई छनोट गरेको समितिकी सदस्य गायिका लोचन भट्टराईले बताइन् । उनले भनिन्, ‘वि.सं. २०१२ सालमा इलामको फाकफोकमा जन्मनुभएकी कविता आलेले पूर्वीय लोकभाकालाई नेपाली लोकसंगीतमा विशिष्ट पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ । अर्गानिक लोकसंगीत पस्कन सक्ने सिर्जनशील कलाकारको रुपमा उहााको योगदान अतुलनीय छ ।’
कार्यक्रममा वरिष्ठ संगीतकार दिपक जंगमको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, पाटन उच्च अदालतका न्यायाधीश दुर्गा ढुंगेल, वरिष्ठ संगीतकार मिलन मोक्तान, शिक्षासेवी विष्णुकुमार निरौला, ललितपुर जिल्ला प्याब्सन अध्यक्ष तारा खनाल, पूर्वसचिव खेमराज नेपाल, साहित्यकार डा. रत्नमणि नेपाललगायतको उपस्थिति थियो ।