जयपृथ्वी जयन्तीमा नेबासासद्वारा विभिन्न सर्जकलाई सम्मान, कृतिहरू लोकार्पण

नेबासास जयपृथ्वी सम्मान २०८१ बाट डा. शैलेन्दुप्रकाश नेपाल सम्मानित भए ।

भाद्र ७, २०८२

कान्तिपुर संवाददाता

Honoring various creators, releasing works by Nebasas on Jaya Prithvi Jayanti

What you should know

काठमाडौँ — नेपाल बालसाहित्य समाज(नेबासास)ले जयपृथ्वीबहादुर सिंहको १४९ औं जन्मजयन्तीका अवसरमा शनिबार बालसाहित्यको श्रीवृद्धिमा सहयोग पुर्‍याइरहेका सर्जकहरुलाई सम्मान गरेको छ ।

प्राज्ञ विज्ञान लेखक तीर्थबहादुर श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा जयपृथ्वी बालकला पुरस्कार २०८१ बालिका कल्पना विष्टले प्राप्त गरिन् भने जयपृथ्वी बालकला लेखक पुरस्कार २०८१ बालिका अनुभूति बुढा मगरले प्राप्त गरिन् । त्यस्तै, बाल कथासंग्रह 'बन्द कोठा'का लागि बालिका अवानी खड्का समेत सम्मानित भएकी थिइन् ।

नेबासास जयपृथ्वी सम्मान २०८१ बाट डा. शैलेन्दुप्रकाश नेपाल सम्मानित भए ।

नेबासास कविशिरोमणि लेखनाथ पौड्याल सम्मान २०८२ बाट रामबहादुर पहाडी, नेबासास महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मान २०८२ बाट प्रा. डा. महादेव अवस्थी, नेबासास युगकवि सिद्धिचरण श्रेष्ठ सम्मान २०८२ बाट इन्दिरा दली र नेबासास राष्ट्रकवि माधव घिमिरे सम्मान २०८२ बाट कालीबहादुर शाही सम्मानित भए ।

त्यस्तै, कुलमानसिंह भण्डारी सम्मान २०८२ बाट के. के कर्माचार्य, रमेश विकल सम्मान २०८२ बाट बुँद राना, युद्धप्रसाद मिश्र सम्मान २०८२ बाट प्रा. डा. मुकेशकुमार चालिसे, बालसाहित्य रत्न शान्तदास मानन्धर सम्मान २०८२ बाट गौरी प्रधान, देवकुमारी थापा सम्मान २०८२ बाट सुशीला प्रधानाङ्ग सम्मानित भएका हुन् ।

कार्यक्रममा नेबासासबाट प्रकाशित दुई कृति नेबासास प्रतिनिधि नेपाली कवितासंग्रह, नेबासास बालस्रष्टाका कथाहरु, इन्टरनेसनल स्कुल, धुम्बाराहीबाट प्रकाशित दुई कृति : कथाकल्प १ र २, बालबाटिका स्कुल, पेप्सीकोलाबाट प्रकाशित दुई कृति अवनी खड्काको बन्द ढोका र सामूहिक संग्रह मेहनती परिवार र क्रिएटिभ सेन्टरबाट प्रकाशित क्रिएटिभ कथाहरुको लोकार्पण गरिएको थियो ।

कार्यक्रममा सम्मानित सर्जकहरुबारे डा. छायाँदत्त न्यौपानेले र  र कृतिहरुबारे प्रमोद प्रधानले प्रकाश पारेका थिए ।

यसका साथै कार्यक्रममा नेबासास र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा २०८१ माघमा भएको प्रतियोगिता भाग लिई पुस्तक 'नेबासास बालसष्ट्राका कथा पुस्तकमा समावेश बालबालिकालाई प्रमाणपत्र वितरण गरिएको थियो ।

सिविन नेपाल र पहिलो पाइला अमेरिका समेत उक्त कार्यक्रमका आयोजक रहेका थिए ।

कान्तिपुर

Link copied successfully