पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको नाम सार्वजनिक

चयनका लागि पहिलो चरणमा प्राप्त २०३ पुस्तकमध्ये गत असार १५ गते १५ पुस्तक सार्वजनिक गरिएको थियो । तीमध्येबाट अहिले पाँच पुस्तकको सूची सार्वजनिक गरिएको हो ।

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

The names of the best five books for the Padma Shri award have been announced

काठमाडौँ — यस वर्षको पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरेको छ । 

बिहीबार खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले उक्त सूची सार्वजनिक गरेको हो । सूचीमा समावेश पाँच पुस्तकमध्ये एक आख्यान, एक गैर आख्यान, एक नियात्रा र दुई वटा उपन्याश रहेका छन् । 

सार्वजनिक पुस्तकहरुमा छुदेन काविमोको उरमाल (आख्यान), रमेश भुसालको छालबाटो (गैरआख्यान), भवानी खतिवडाको प्रमाण सगरमाथा (नियात्रा), सरस्वती प्रतीक्षाको उपन्याश स्व र तीर्थ गुरुङको उपन्यास हिउँको गीत रहेका छन् । 

चयनका लागि पहिलोचरणमा प्राप्त २०३ पुस्तकमध्ये गत असार १५ गते १५ पुस्तक सार्वजनिक गरिएको थियो ।

ती १५ मध्ये बिहीबार पाँच पुस्तक पद्मश्री उत्कृष्ट पुरस्कारका लागि संक्षिप्त सूची सार्वजनिक गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन् । यही सूचीबाट अब एक पुस्तक पद्मश्री पुरस्कारका लागि छनोट हुनेछ । 

The names of the best five books for the Padma Shri award have been announced

कान्तिपुर

Link copied successfully