नेपाल भाषाको पुस्तक ‘ल्हाकम्ह लुँभुमी’ सार्वजनिक

श्रावण १०, २०८२

कान्तिपुर संवाददाता

The Nepali language book 'Lhakmah Lumbhumi' was released

ललितपुर — विपु श्रेष्ठद्वारा लिखित नेपाल भाषाको पुस्तक ‘ल्हाकम्ह लुँभुमी’ (दाफा संगीत) शनिबार विमोचन गरिएको छ ।

महालक्ष्मी नगरपालिका–८, लुभू लाछीमा एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो । दाफा थरी थरीका राग र तालमा आधारित एक शास्त्रीय संगीत हो । नेवारी समुदाय र संस्कृतिमा दाफा संगीतको ऐतिहासिक महत्त्व रहेको छ ।

२६ विधामा लेखिएको पुस्तकले दाफा संगीत सिक्न चाहने विद्यार्थीले सरल ढंगले बुझ्न र सिक्न सकिने लेखक श्रेष्ठले जनाए । पुर्खाले रचना गरी हस्तान्तरण गरेको संगीत नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो कर्तव्य भएको उनले बताए ।

The Nepali language book 'Lhakmah Lumbhumi' was released

उपत्यकाका तीनै जिल्लाका अधिकांश ठाउँ दाफा भजन गाउने चलन हराउँदै गएको छ । दाफा सिक्न निकै नै मिहिनेत आवश्यक हुन्छ । 

नेवाः सांस्कृतिक संरक्षण समिति लुभूका अध्यक्ष रामबहादुर श्रेष्ठले नयाँ पुस्तालाई नेपालको परम्परागत दाफा संगीतबारे जान्न र भावीपुस्तालाई दाफा संस्कृति र भाषाको संरक्षण र हस्तान्तरण गर्न यस पुस्तकले टेवा पुग्ने विश्वास व्यक्त गरे । 

पुस्तक महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा नेवाः संस्कृतिक संरक्षण समितिद्वारा प्रकाशनमा ल्याएको हो । 

The Nepali language book 'Lhakmah Lumbhumi' was released

कान्तिपुर संवाददाता

Link copied successfully