What you should know
ताप्लेजुङ — जिल्लामा साहित्यिक गतिविधि बढाउने उद्देश्यले मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन गरिएको छ । साहित्य क्षेत्रमा कलम चलाउँदै आएकाहरूको भेलाले मनिष हेल्लोकको अध्यक्षतामा २९ सदस्यीय प्रतिष्ठान गठन गरेको हो ।
उपाध्यक्षमा मणि सेम्बु, नवराज आचार्य र मुक्साम लाबुङ रहेका छनभनें महासचिवमा पोमु केछाङ, सीता ‘पिरती’ साँवा, सचिव देवानसिंह मादेन, सहसचिव केबी किराती र कोषाध्यक्षमा लीला ‘आँसु’ सुनुवार रहेका छन् ।
प्रतिष्ठानले तत्कालै साहित्यिक समावेशी र संरक्षण, साहित्यिक कार्यक्रम र प्रशिक्षण तथा मुक्कुमलुङ साहित्य सम्मानको स्थापना गर्ने अध्यक्ष हेल्लोकले जानकारी दिए ।
तीनवटा कार्ययोजना सहित गठित प्रतिष्ठानले अन्य जिल्ला र विदेशमा समेत प्रतिष्ठानको उपशाखा गठन गर्ने साहित्य विधाका पुस्तक प्रकाशन गर्ने लगायतका योजना रहेको हेल्लोक बताउँछन् ।
प्रतिष्ठानको पदाधिकारीमा आबद्ध सबैजसोमा कृतिहरू सार्वजनिक समेत भइसकेका छन् । प्रतिष्ठानले संस्थागत कार्ययोजनासँगै गाउँबस्ती तथा कुनाकन्दरामा रहेका साहित्यानुरागीलाई समेत अगाडि बढाउनेगरी काम गर्ने प्रतिष्ठानको दावी छ ।
साहित्य लेखनसँगै संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनको कामसमेत गर्ने प्रतिष्ठानले जनाएको छ ।
