‘आन्छन’ साहित्यिक पुरस्कार हर्क याक्सो लिम्बूलाई

असार २९, २०८२

कान्तिपुर संवाददाता

'Anchan' Literary Award to Hark Yakso Limbu

ताप्लेजुङ — भानु जयन्तीको अवसरमा आयोजित साहित्यिक कार्यक्रममा साहित्यकार हर्क याक्सो लिम्बू पुरस्कृत भएका छन् । 

आठराई त्रिवेणी गाउँपालिका हाङ्पाङ निवासी याक्सो २० हजार रुपैयाँसहित 'चन्द्र मादेन ‘आन्छन’ साहित्यिक पुरस्कार'बाट पुरस्कृत भएका हुन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुरोज मादेनले याक्सोलाई कदरपत्रसहित पुरस्कार रकम प्रदान गरे । कञ्चनजंघा साहित्यिक प्रतिष्ठानको सिफारिस तथा मूल्यांकनमा पुरस्कृत गरिएको उल्लेख छ । 

प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईका अनुसार विभिन्न स्रष्टा तथा सर्जकबाट प्राप्त भएको प्रकाशित कृति पुस्तकलाई मूल्यांकनको आधार बनाइएको थियो । स्रष्टा छनोटका लागि अग्रज साहित्यकार भरतकुमार गुरुङ संयोजक रहेको छनोट तथा मूल्यांकन समिति बनाइएको थियो । 

साहित्यकार याक्सोका पैतालाका डोबहरुलगायत तीनवटा प्रकाशित कृति मूल्यांकनका लागि प्रस्ताव गरेका थिए । पुरस्कार वितरणसँगै जिल्लाका दुई दर्जन साहित्यकारले रचना वाचन गरेका थिए ।

कान्तिपुर

Link copied successfully