कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

असार २६, २०८२

भवानी भट्ट

One person died in a bus collision in Kanchanpur

कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बन्साहामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय ५५ वर्षीया द्रोपति भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार बेलौरीबाट कालुवापुरतर्फ आइरहेको सु प प्र ००१ ख ९२९ नम्बरको बसको ठक्करबाट घाइते भएकी महिलाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । उनका अनुसार महिलालाई जोगाउन खोज्दा बस पनि पल्टिएको छ । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully