छिन्नलता गीत पुरस्कार गुठीद्वारा पाँच जना स्रष्टा सम्मानित

असार २२, २०८२

कान्तिपुर संवाददाता

Five composers honored by Chinnalata Song Award Guthi

काठमाडौँ — छिन्नलता गीत पुरस्कार गुठीले ५ जना स्रष्टालाई सम्मान गरेको छ ।

वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०३ औं जन्मजयन्तीको अवसरमा गुठीले काठमाडौंमा आइतबार कार्यक्रम गरेर गीतकार राजेन्द्र रिजाल, संगीतकार अच्युतप्रसाद फुयाल (आभास) र गायक रनाभक्त जोजिजु र गायिका इतु जोजिजुलाई 'छिन्नलता गीत पुरस्कार-२०८१' बाट सम्मान गरेको हो । 

गीतकार रिजाल र संगीतकार फुयाललाई जनही एक लाख रुपैयाँ र प्रमाणपत्रसहित सभामुख देवराज घिमिरे र गुठीका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीले पुरस्कृत गरे । यस्तै गायक/गायिका जोजिजुद्वयलाई पनि संयुक्त रुपमा एक लाख नगद र प्रमाणपत्रबाट सम्मान गरिएको थियो । 

यसैगरी एसडी योगीलाई ५० हजार नगद र सम्मानपत्र साथ ‘छिन्नलता गीत युवा प्रतिभा पुरस्कार-२०८१’ प्रदान गरिएको छ । 

नेपाली गीत/संगीत क्षेत्रमा उल्लेखनीय योगदान दिने स्रष्टाहरुलाई पुरस्कृत गर्ने उद्देश्यले २०३९ सालमा छिन्नलता गीत पुरस्कार गुठी स्थापना भएको हो । गुठीले हालसम्म १ सय ९० स्रष्टालाई सम्मान गरिसकेको जनाएको छ ।

 - आरजु सत्याल (प्रशिक्षार्थी)

Five composers honored by Chinnalata Song Award Guthi

कान्तिपुर

Link copied successfully