पोताला दरबारमा ‘अप्प दीपो भवः’

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

'App Deepo Bhavah' at Potala Palace

काठमाडौँ — अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ ।

कैलाश मानसरोवरको रोमान्चक यात्रा समेटिएको सिलवालकृत ‘अप्प दीपो भवः’ ल्हासास्थित प्रसिद्ध पोताला दरबारमा सार्वजनिक भएको हो । 

लेखक सिलवाल र एसोसिएसन अफ कैलाश टुर अपरेटर्स अफ नेपालका अध्यक्ष विमल नहर्कीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरे । 

‘अप्प दीपो भवः’ सिलवालको चौथो पुस्तक हो, जहाँ तिब्बतस्थित कैलाश कोरा गर्दाका लौकिक–अलौकिक अनुभव लिपिबद्ध छन् । लाङटाङ सद्भावना दूतसमेत रहेका सिलवालका यसअघि पत्रकारितालाई चिरफार गरिएको ‘कलम’, साहित्यका अन्तरकुन्तर खोतलिएको ‘लेखक दुनियाँ’ र यात्राका मिठामसिना समेटिएको ‘श्रीलंका स्मृति’ प्रकाशित छन् । पर्यटन प्रशिक्षकसमेत रहेका स्वतन्त्र पत्रकार सिलवाल डकुमेन्ट्री निर्देशक पनि हुन् ।

‘अप्प दीपो भवः अर्थात् आफ्नो प्रकाश आफै बन,’ बुद्धको सूत्र वाक्य साभार गर्दै कृतिबारे सिलवालले भने ।

कान्तिपुर

Link copied successfully