काठमाडौँ — उद्यमी जीवा लामिछानेको यात्रा संस्मरण कृति ‘अक्षत अन्टार्कटिका’लाई यस वर्षको उत्तम शान्ति पुरस्कार दिइने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेको कृति ‘अक्षत अन्टार्कटिका’लाई पुरस्कार दिने घोषणा गरेको हो ।
गुठीका अध्यक्ष डा.पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको पुरस्कार चयन समितिले नवीन सोच, रोचक शिल्प र नयाँ शैलीसहित अन्टार्कटिकाजस्तो दुरुह हिमप्रदेशको रोमाञ्चक यात्रावृतान्तमार्फत पर्यावरणजस्तो अहिलेको विश्वको सबैभन्दा सरोकारको विषयलाई सशक्त रुपमा बहसको विषय बनाउन सफल भएकोमा लामिछाने लिखित नियात्रा कृति ‘अक्षत अन्टार्कटिका’लाई २०८१ सालको सर्वश्रेष्ठ गैरआख्यानात्मक कृतिका रुपमा ‘उत्तम शान्ति पुरस्कार’ समर्पित गर्ने निर्णय गरेको हो ।
उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०४४ सालदेखि एक लाख राशिको ‘उत्तम शान्ति पुरस्कार’ दिँदै आएको छ ।
