काठमाडौँ — संस्कृतिविद् हरिराम जोशीको नेतृत्वमा सञ्चालित जोशी रिसर्च ईन्ष्टिच्युट लगनखेलले यस वर्ष ‘कदम पुरस्कार २०८१’ र ‘हरिराम जोशी संस्कृति पुरस्कार २०८१’ हिटी प्रणाली लेखक पद्म सुन्दर जोशी र अभिलेखविद् श्यामसुन्दर राजवंशीलाई प्रदान गरेको छ ।
जोशी रिसर्च ईन्ष्टिच्युटले मुलुकमा रहेर साहित्य, सञ्चार, साहसिक कार्यमा विशिष्ट योगदान वा उपलब्धि हासिल गरेकाहरूको सम्मानमा ‘कदम पुस्कार’ र इतिहास, संस्कृति अध्ययन अनुसन्धानमा निरन्तरता दिएकाहरुको सम्मानमा ‘हरि राम जोशी संस्कृति पुरस्कार’ प्रदान गर्दै आएको छ । दुवै पुरस्तकार राशि २५ हजार रुपैयाँ रहेको छ ।
संस्कृतिविद् जोशीले राजवंशी र जोशीलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरे । ‘दुवै जनालाई प्रेरणाको स्रोतको रुपमा लिने उनले बताए । संस्कृतिविद् २०३८ सालदेखि नेपाली संस्कृति र इतिहासको खोजी, लेखन तथा प्रकाशनमा निरन्तर रुपले लागिरहेका छन् ।
