सामाजिक कार्यकर्ता संघ नेपालको अध्यक्षमा लामिछाने

चैत्र ३१, २०८१

कान्तिपुर संवाददाता

Lamichhane is the president of Social Workers Association of Nepal

काठमाडौँ — सामाजिक कार्यकर्ता संघ नेपालको अध्यक्षमा प्रतीक शर्मा लामिछाने चयन भएका छन्। काठमाडौँमा भएको संस्थाको पाचौँ अधिवेशनले लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

कुनै पनि विश्वविद्यालयबाट सामाजिक कार्य विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेका शिक्षार्थीहरू मात्रै सदस्य रहने अन्तर्राष्ट्रिय सामाजिक कार्यकर्ता संघको मान्यता छ।

उक्त संस्थाको नेपाल शाखाकोरुपमा संघले कार्य गर्दै आएको छ। संघको चौथो अध्यक्षमा चुनिएका लामिछाने सामाजिक कार्य विषयमा विद्यावारिधि हुन्। उनी हाल त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक छन्। 

त्यस्तै, सामाजिक कार्य विषयमा विद्यावारिधि गरेका सरोज गिरी संघको उपाध्यक्ष चयन भएका छन्। गिरी पनि हाल त्रिविमै उपप्राध्यापककारुपमा कार्यरत छन्। संघको महासचिवमा सुदिप लामा वाइवा, सचिवमा प्रगति खड्का र कोषाध्यक्षमा राजेशमान सिंह श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। सुनिता विशुन्खी र अनिमा श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन्।

सेन्ट लरेन्स कलेजको प्राङ्गणमा भएको महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको संस्थाकी निवर्तमान अध्यक्ष सुक्रिता राईले जानकारी दिइन्। 

कान्तिपुर संवाददाता

Link copied successfully