स्याङबोचेमा जलवायु न्यायबारे विमर्श

माघ २५, २०८१

कान्तिपुर संवाददाता

A discussion on climate justice in Sangboche

काठमाडौँ — नेपाल विद्यार्थी संघले सोलुखुम्बुको स्याङबोचेमा जलवायु न्याय सम्बन्धी सङ्गोष्ठी गरेको छ । बिहीबार भएको कार्यक्रममा युवा विद्यार्थीहरूले जलवायु परिवर्तन र यसले नेपालको हिमाली क्षेत्रमा पारिरहेको प्रभावबारे छलफल गर्दै जलवायु न्यायकालागि पहलकदमी बढाउनुपर्ने बताए ।

उनीहरूले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण समेत गराए । नेविसंघका प्रवक्ता सुरज सेजुवालका अनुसार जलवायु न्यायका सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नकै लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेविसंघले स्याङबोचेमा पुगेर वृक्षरोपण समेत गरेको छ ।

क्लिन इनर्जी नेपाल, हरिण नेपाल, नेपाली युवा जलवायु अभियान, वर्ल्ड्स युथ फर क्लाइमेट जस्टिस, युथ एक्शन फर सस्टेनेबल एण्ड इको नेपाल, तथा युथ इनिसिएटिभ नेपालसँगको सहकार्यमा उक्त कार्यक्रम गरेको हो।

कार्यक्रममा नेविसंघले हालै काठमाडौँमा सम्पन्न गरेको जय नेपाल कप क्रिकेटको विजेता मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थी खेलाडी, सगरमाथा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, हिमालयन ट्रेकर्स नेपालका प्रतिनिधि, स्थानीय बासिन्दा, ट्रेकरहरू, नेपाल विद्यार्थी संघका सदस्यहरू तथा जलवायु अभियन्ताहरू सहभागी थिए । 

कान्तिपुर

Link copied successfully