राजस्थानको अन्तर्राष्ट्रिय रंग महोत्सवमा ‘त्यो फेरि फर्कला ?’ 

माघ ११, २०८१

कान्तिपुर संवाददाता

At Rajasthan's International Color Festival, 'That's Back?'

विराटनगर — परिवर्तन थिएटर झापाले तयार पारेको नाटक ‘त्यो फेरि फर्कला ?’ भारत राजिस्थानको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन हुने भएको छ । भवानी भिक्षुले लेखेको नाटकलाई नाट्यकर्मी कविता नेपालको परिकल्पना र निर्देशन गरेकी छन् ।  राजस्थानमा जारी ‘अलवर रंग महोत्सव’मा माघ २१ गते नाटक मञ्चन हुनेछ । 

राजस्थानको रंग संस्कार थिएटर ग्रुपद्वारा आयोजित १०० दिने नाट्य महोत्सव गत  डिसेम्बर १८ बाट सुरु भएको थियो । यो महोत्सव मार्च २७ सम्म चल्नेछ । यो अवधिमा १०० भन्दा बढी नाटक मञ्चन हुने आयोजकले जनाएको छ । 

At Rajasthan's International Color Festival, 'That's Back?'महोत्सवमा भारतसहित नेपाल, स्पेनका नाट्य समूहहरूको विशेष सहभागिता रहेको छ । यसअघि पनि यो नाटक भारतको उडिसा, कोलकाता र नेपालकै विभिन्न स्थानमा मञ्चन भइसकेको छ । ‘त्यो फेरि फर्कला ?’ नाटकले नेपाली कला, संस्कार, संस्कृति र यथार्थतालाई प्रस्तुत गर्दछ । नाटकमा पहाडी गाउँको कथा, गाउँ छोडेर सहर झर्ने मानिसहरूको दुःख र संघर्षलाई मार्मिक ढंगले उतारिएको छ । नेपाली जीवनशैली झल्काउने यो नाटकले अन्तर्राष्ट्रिय दर्शकहरूलाई नेपालीपनको अनुभूति दिने विश्वास गरिएको छ। 

At Rajasthan's International Color Festival, 'That's Back?'थिएटरकी अध्यक्ष कविता नेपालले नाटकलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न पाउनु ठूलो गर्वको विषय भएको बताइन् । उनले भारतीय दर्शकहरूमा नेपाली संस्कृतिप्रति रुचि रहेको र यस नाटकले त्यो आवश्यकता पूर्ति गर्ने विश्वास व्यक्त गरिन् । 

नाटक ‘त्यो फेरि फर्कला ?’ मा ११ जना कलाकारले एक घण्टा ४५ मिनेट लामो प्रस्तुति दिनेछन्। यो नाटक नेपाली कला, संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने प्रयासमा एक कोशेढुंगा बन्ने अपेक्षा गरिएको छ।  नाटकमा कविता नेपाल, लोमश पौडेल, गणेश बस्नेत, अस्मित आचार्य, झरना खनाल, भावना गौतम, दीक्षा मरासिनी, गगन क्षेत्री, एन्जल निरौला, हिलारी पोर्तेल गायतका कलाकारको भूमिका रहनेछ ।

कान्तिपुर

Link copied successfully