पन्तको `समयको कठघराबाट एक स्त्रीको बयान´ कवितासंग्रह सार्वजनिक

पुस २७, २०८१

कान्तिपुर संवाददाता

Pant's poetry collection ``A woman's statement from the courtroom of time'' has been released

काठमाडौँ — कवि रामेश्वरी पन्तको कवितासंग्रह `समयको कठघराबाट एक स्त्रीको बयान´ सार्वजनिक भएको छ । 

नेपाल प्रज्ञाप्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा विशेष अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवरले उक्त कवितासंग्रह लोकार्पण गरे । कार्यक्रममा बोल्दै कुँवरले `कवि रामेश्वरी पन्तको कविता बहुआयामिक रहेको र यसले विशेषगरी महिलाका आवाजलाई मुखरित गरेको बताए । पन्तका कविताले समाजको कठघरामा उभिएर महिलामाथि भएका सामाजिक, धार्मिक एवं सांस्कृतिक विभेदविरुद्ध खरो आवाज उठाउनुका साथै भ्रष्टाचारविरुद्ध पनि बोलेको टिप्पणी गरे । 

कार्यक्रममा पन्तका कविताकृतिमाथि प्राध्यापक लेखप्रसाद निरौला र कवि भारती न्यौपानेले समीक्षा गरेका थिए । प्राध्यापक निरौलाले भने, `पन्तका कविताको विशालता बुझ्न सानो अध्ययनले नपुग्ने रहेछ । उहाँका कवितामा खरो विद्रोह मात्र नभएर जीवनदर्शन, मातृत्व, मायाप्रेम र देशप्रतिको जिम्मेवारी उत्तिकै मुखरित भएको छ ।´

अर्की समीक्षक न्यौपानेले रामेश्वरी पन्त विकृति, विसंगित र विभेद विरुद्धको एउटा सशक्त आवाज हो भन्दै उनका कविताले ती आवाजलाई बुलन्द पारेको उल्लेख गरिन् । 

६४ वटा कविता संग्रहित कृतिको मूल्य ३२५ रुपैयाँ रहेको छ । 

कान्तिपुर

Link copied successfully