सिरहा — सिरहा सदरमुकाममा ३५औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन तथा सिरहा साहित्य संगम सुरु भएको छ । सिरहास्थित चन्द्र नमूना माध्यमिक विद्यालयको प्रांगणमा शुक्रबारदेखि कार्यक्रम सुरु भएको हो ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा मानव अधिकारवादी नेता कृष्ण पहाडीलगायतले शुक्रबार दिउँसो कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा नेपाल तथा भारतका विशिष्ट अतिथिहरू सहभागी छन् ।
आज सुरु भएको यो कार्यक्रम चार दिनसम्म चल्नेछ । शुक्रबार र शनिबार सिरहामा तथा आइतबार र सोमबार गोलबजारस्थित अतिथि सदनमा कार्यक्रम हुने कार्यक्रम संयोजक रामरिझन यादवले जानकारी दिए ।
कार्यक्रममा मैथिली भाषाको विकास र विस्तारसहित सिरहाको आर्थिक, राजनीतिक, सामाजिक, स्वास्थ्य, शिक्षा, कृषि, वैदेशिक रोजगारलगायतका विषयविस्तुमाथि बहस तथा संवाद हुनेछ ।
