करबाकेली भजन सार्वजनिक

मंसिर २६, २०८१

कान्तिपुर संवाददाता

Karabakeli bhajan public

काठमाडौँ — पुन समुदायका कुलदेवता करबाकेली बाबाका विषयमा गाइएका दुई ओटा भजन सार्बजनिक गरिएको छ। पुन समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ‘करबाकेली बाबा, तिम्रै शरणमा छौं’ र ‘करबाकेली बाबाको आशीर्बाद’ शीर्षक भजन गीत सार्वजनिक गरिएको हो। 

जी पुन, बबिता पाख्रिन र दीपा तामाङको स्वरमा सजिएका भजनका सङ्गीतकार पनि जी. पुन नै हुन् । गीतकार भने चिनबहादुर पुन र राधा पुन हुन्। भजनको म्युजिक भिडियो पनि बनाइएको छ । काफलडाँडामा छायाङ्कन गरिएको भिडियोका निर्देशक पनि जी पुन नै हुन् ।   

दुवै भजनको संयोजन समाजसेवी चामबहादुर पुनले गरेका हुन् । भजन सार्वजनिक कार्यक्रममा समाजका उपाध्यक्ष राजु पनु, समाजसेवी चामबहादुर, गायक जी. पुन, साहित्यकार प्रभा बराल, पत्रकार अमृत भादगाउँले लगायतले सम्बोधन गरेका थिए । 

स्मरणीय छ, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा करबाकेली बाबाको भव्य थान छ। थानमा करबाकेली बाबा, हिमला, फिमला, रामचन र कुलचनका पूर्ण कदका मूर्ति छन् । 

समाजसेवी चामबहादुरको अगुवाइमा करबाकेली थान, पुन समुदाय संग्रहालय, सामुदायिक पाहुनाघर निर्माणका साथै करबाकेली इको ट्रेक ब्रान्डिङ गरिएको छ। त्यसैले करबाकेली क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भैसकेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully