पद्‍मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

श्रावण १५, २०८१

कान्तिपुर संवाददाता

The list of the best five books for the Padma Shri Literary Award has been announced

काठमाडौँ — खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्‍मश्री साहित्य पुरस्कार–२०८० का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरेको छ । 

पहिलो चरणमा छनोट भएका उत्कृष्ट विस्तारित सूचीमा परेका १५ पुस्तकबाट पाँच पुस्तक (संक्षिप्त सूची) मंगलबार सार्वजनिक  गरिएको हो । उत्कृष्ट पाँच पुस्तकहरूमा कृष्ण गौतमको अद्वैत (उपन्यास), सानु शर्माको अर्को देशमा (कथासंग्रह), रोशन शेरचनको गल्ली संसार (निबन्धसंसार), कुमार नगरकोटीको जोगियाना (संस्मरण) र गोविन्दप्रसाद कुसुमको भृकुटी (उपन्यास) रहेका प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यी पाँच पुस्तकमध्ये एकलाई वर्ष-२०८०को पद्‍मश्री साहित्य पुरस्कार दिइने प्रतिष्ठान जनाएको छ । पुरस्कारको राशि तीन लाख रुपैयाँ रहेको छ । 

प्रतिष्ठानले २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिँदै आएको छ ।

The list of the best five books for the Padma Shri Literary Award has been announced

कान्तिपुर

Link copied successfully