सांघाइ फेसन सप्ताहमा सार्वजनिक ‘एडिडास ज्याकेट’ विश्वभर भाइरल

‘चीनबाट फर्केर ल्याएको ज्याकेट’ भन्ने भनाइहरू अहिले सामाजिक सञ्जालमा चर्चामा छन् ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Adidas jacket unveiled at Shanghai Fashion Week goes viral worldwide

काठमाडौँ — सांघाई फेसन सप्ताहमा पहिलोपटक सार्वजनिक गरिएको ‘एडिडास ज्याकेट’को चिनियाँ शैलीको र्ट्याक ज्याकेट यतिवेला विश्वभर चर्चा र आकर्षण बनेको छ ।

परम्परागत चिनियाँ पहिरनको झल्को दिने डिजाइन र आधुनिक खेलकुद शैलीको संयोजनका कारण यो ज्याकेट सामाजिक सञ्जालमा तिव्र रूपमा फैलिएको हो । एडिडासको यो ज्याकेटलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘चिनियाँ नयाँ वर्ष ज्याकेट’ वा ‘टाङ ज्याकेट’ नाम दिएका छन् । 
ज्याकेट सुरुमा चीनमा मात्र बिक्री गरिएको थियो । त्यसपछि केही एसियाली बजार हुँदै फेब्रुअरीमा युरोपमा उपलब्ध गराइएको थियो । बजारमा यसको मूल्य ४०० अमेरिकी डलरसम्म पुगेको विवरण सार्वजनिक भएको छ ।Adidas jacket unveiled at Shanghai Fashion Week goes viral worldwide
एडिडासका अनुसार यो ज्याकेट सांघाइस्थित डिजाइन टोलीले चिनियाँ उपभोक्तालाई लक्षित गर्दै तयार पारेको हो । कम्पनीले स्थानीय डिजाइनर र कलाकारहरूसँग सहकार्य गर्दै चिनियाँ बजारमा आफ्नो उपस्थिति बलियो बनाइरहेको छ । सन् २०२४ मा चीनमा कम्पनीको आम्दानी १० प्रतिशतले वृद्धि भएको तथ्यांक छ । सामाजिक सञ्जालमा लाखौं भ्युज पाएका भिडियोहरूले यसको लोकप्रियता झनै बढाएका छन् । ‘चीनबाट फर्केर ल्याएको ज्याकेट’ भन्ने भनाइहरू अहिले सामाजिक सञ्जालमा चर्चामा छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully