के हो ‘लुबुबु’ ? कसरी विश्व बजारमा क्रेज बढ्दो छ ?

असार ३१, २०८२

कान्तिपुर संवाददाता

What is 'Lububu'? How is the craze increasing in the world market?

काठमाडौँ — पछिल्लो समय हलिउड, बलिउड सेलेब्रेटीदेखि वा भनौं अमेरिकादेखि एशियामा ‘लुबुबु’ लोकप्रिय बन्दै गएको छ । हेर्दा क्युट र रोचक डल ‘लुबुबु’ले अहिले विश्व बजारमा छोटो समयमा नै फेशन, टोय कलेक्शन र अनलाइनमा तहल्का मच्चाएको छ ।

यो सेलिब्रेटीको स्टाइल मात्र नभई सामाजिक सञ्जाल प्रयोगकर्ताबीचको भावानात्मक सम्बन्धको माध्यम पनि बनेको छ । २०१५ मा हङकङमा जन्मेका कलाकार केसिङ लंगले बनाएको ‘द मन्स्टर्स’ को ‘लुबुबु’ चित्रकथाको एक पात्र हो, जसलाई सफ्ट टोयको रुपमा चिनियाँ कम्पनी ‘पप मार्ट’ले उत्पादन गरेको थियो ।

लुबुबुको क्रेज कसरी बढ्यो ?

‘ब्लाइन्ड बक्स’ प्रणालीद्वारा यो टोयको बिक्री वितरण भयो जुन कुराले प्रयोकर्ताहरुलाई कुन संकरण आफूलाई प्राप्त हुन्छ भन्ने नै थाहा नभई टोय खरिद गर्छन् यसले टोय संकलन र पुन: अन्य संस्करण खरिदको लागि उत्सुक बनाउँछ । 

सेलिब्रेटीहरुको प्रयोगले यो डलको क्रेज झन बढ्दै गएको हो । ब्लाकपिंकका सदस्य लिसा र रोजे, गायिका रिहाना जस्ता अन्तर्राष्ट्रिय सेलिब्रेटीहरुले उक्त ट्रेन्डलाई अंगालेका छन् र सेलिब्रेटीले ब्यागमा झुण्ड्याएको देखेपछि यसको माग झन धेरै बढेको छ । ‘लुबुबु’ एउटा डल मात्र नभएर फेशन बनिरहेको छ । 

‘लुबुबु’ को अत्याधिक लोकप्रियता बढ्नुमा टिकटक, इस्टाग्राम, युटुब, जस्ता प्लेटफर्महरुको मुख्य भूमिका रहेको छ । अनबक्सिङ भिडियो हेरेपछि ग्राहकहरुलाई उत्सुकता साथै डल कलेक्सन गर्न अझ धेरै प्रोत्साहन गरिरहेको साथै यसको क्रेज झन बढ्दै गइरहेको हो ।

चीनमा उत्पादन भएको ‘लुबुबु’ चीनमा नै ठूलो उत्पादन र बिक्री हुन्छ । त्यसरी नै थाइल्याण्ड, अमेरिकामा सबैभन्दा धेरै डल बिक्री वितरण र क्रेज रहेको एक रिपोर्टले देखाएको छ । ‘लुबुबु’ डलको सफलताको पछाडि अनौठो डिजाइन, रहस्यमय बिक्री शैली, सामाजिक सञ्जालको प्रभाव, सेलिब्रेटीको समर्थन, सिमितता र पुनःबिक्री मूल्यले सिर्जना गरेको आकर्षण प्रमुख रहेका छन् ।

कान्तिपुर

Link copied successfully