सुन्दर र स्वस्थ देखिन कसरी गर्ने कपालको हेरचाह ?

असार १६, २०८२

कान्तिपुर संवाददाता

How to take care of hair to look beautiful and healthy?

काठमाडौँ — बर्खायाम सुरु भए पनि हप्प गर्मी छ । गर्मीमा तापक्रमका कारण कपालमा धेरै समस्या निम्तिरहेका हुन्छन् ।

छालारोग विशेषज्ञ डा. प्रज्वल पुडासैनीका अनुसार गर्मीमा आउने पसिनाले कपालमा भएको प्रोटिनलाई बिगार्ने, ढुसी पर्ने, चायाँ बढ्ने, कपाल सुक्खा हुने, झर्ने र टुक्रिनेजस्ता समस्या निम्त्याउँछ । कपालले हाम्रो व्यक्तित्व र आत्मविश्वास बढाउने भएकाले यसलाई राम्रो हेरचाहको आवश्यकता पर्ने उनी बताउँछन् ।

कसरी गर्ने त कपालको हेरचाह ?

कपालको प्रकारअनुसार हेरचाह

चिल्लो स्ट्रेट कपाललाई हरेक दिन धुनुपर्छ । कपालमा भएको चिल्लोपना हटाउनका लागि फेदमा मजाले स्याम्पो गर्ने र तलको भागमा कन्डिसनर लगाएर धुने । चिल्लो कपाल हुनेले एन्टी फंगल भएको केटोकोनाजोल स्याम्पो प्रयोग गर्नुपर्छ ।

कर्ली सुक्खा कपाललाई सातामा एकपटक मात्र धुनुपर्छ भने कन्डिसनर कपाल नुहाउँदा हरेकपटक सबैतिर लगाउनुपर्छ । यस्ता कपाल हुनेले कन्डिसनर र तेलको बढी मात्रामा प्रयोग गर्नुपर्छ ।

बाक्लो कपाल हुनेले नुहाएका बेलामा स्याम्पो र कन्डिसनर लगाउनुअघि पातलो दाँत भएको काइँयोले छुट्याउनुपर्छ How to take care of hair to look beautiful and healthy?

किन गर्ने कपालको हेरचाह ? 

सबैजनाको कपाल एकै प्रकारको हुँदैन । त्यसैले कपालको स्वरूप हेरी हेरचाह गर्नुपर्छ । कपालको हेरचाह सौन्दर्य मात्र नभई स्वस्थ रहनु पनि हो । 

- आरजु सत्याल (प्रशिक्षार्थी)

कान्तिपुर संवाददाता

Link copied successfully