जुत्ता र मोजा गनाउने समस्या स्वास्थ्यका लागि पनि बन्न सक्छ खतरा!

जेष्ठ १३, २०८२

कान्तिपुर संवाददाता

The problem of counting shoes and socks can be a health hazard!

काठमाडौँ — जुत्ता र मोजाबाट आउने गन्ध अधिकांशको समस्या हो । जसलाई लिएर मानिसहरु हल्का सोच्छन् । 

तर यो समस्याले कहिलेकाहिँ मानिसहरुको नजिक बस्न अप्ठ्यारो पार्छ । यति मात्र होइन, स्वास्थ्यका लागिसमेत जुत्ता र मोजा गनाउने समस्या हानिकारक हुनसक्छ । 

जुत्ता र मोजा लामो समय लगाउँदा वा ओसिलो हुँदा ब्याक्टेरिया र फंगसका कारण गन्ध उप्पन्न हुन्छ । 

यस्ता छन् जोखिम

१. फंगल इन्फेक्शनको खतरा

पसिनाका कारण जुत्ताको भित्री भाग र मोजामा ओस उत्पन्न हुन्छ । जसले फंगस र ब्याक्टेरियाका लागि उपयुक्त वातावरण बनाउँछ । यसले औंलाको बीच भाग र नङमा फंगल इन्फेक्शन जस्तो समस्या निम्त्याउँ५ । 

यो इन्फेक्शनले चिलाउने, छाला पोल्ने र उप्किनेसम्मको समस्या देखिन्छ । यदि समयमै उपचार गरिएन भने छालामासमेत इन्फेक्शन फैलिन्छ । 

२‍ ब्याटेरियल इन्फेक्शन

खुट्टा र पैतालामा पसिना र गन्धले ब्याक्टेरियाको वृद्धि हुन्छ । जसका कारण गन्धसँगै स्किनमा रेडनेस, ठेला र घाउ हुनसक्छ । यी ब्याक्टेरिया कहिलेकाँहि शरीरका अन्य भागमा पनि फैलिन सक्छन् । 

३‍. एलर्जी र स्वाससँग जोडिएका समस्या

जुत्ता र मोजाको गन्धले हावामासमेत ब्याक्टेरिया र फंगलको कण फैलिन सक्छन् । यसले सेन्सेटिभ मानिसहरुमा एलर्जी र स्वाससम्बन्धी समस्या पनि निम्त्याउन सक्छ । खासगरी अस्थमा र साइनसको समस्या भएका मानिसहरुका लागि यो अझ बढी खतरनाक हुनसक्छ । 

४. मानसिक स्वास्थ्यमा असर

लगातार गन्धका कारण समाजमा लज्जाको विषय पनि बन्छ । मानिसहरु नजिक बस्न मान्दैनन् । जसका कारण सार्वजनिक मञ्चहरुमा प्रस्तुत हुँदा, हलमा बैठक हुँदा आत्मविश्वासमा कमी आउँछ र स्ट्रेस र एंग्जाइटीको कारण पनि बन्न सक्छ । जो मानसिक स्वास्थ्यका लागि नराम्रो असर गर्छ । 

यस्ता छन् बच्ने उपायहरु

१. दैनिक सफाइ : दैनिक खुट्टा साबुनले धुनुहोस् । 

२. सूतीको मोजा : कटनको मोजा लगाउनुहोस् । जसले पसिनालाई सोस्छ र दैनिक बदलनुहोस्

३. जुत्ताको हेरचाह : जुत्तालाई घाममा सुकाउनुहोस् । र डियोन्ड्रेन्ट पाउडरको प्रयोग गर्नुहोस । यदि वाशेवल जुत्ता छन् भने सातामा एकपटक धुनुहोस् । 

४. हावा छिर्ने जुत्ता : बजारमा ब्रीदेवल जुत्ता अर्थात् सहजै हावा छिर्ने जुत्ता पाइन्छन् । यस्ता प्रकारका जुत्ताको प्रयोग गर्नुहोस् । एकैजोडी जुत्ता धेरै दिनसम्म नलगाउनुहोस् । 

५. चिकित्सकसँग सल्लाह : यदि इन्फेक्शनको लक्षण देखिएका छन् भन् तत्काल सम्बन्धित चिकित्सकसँग सल्लाह गर्नुहोस् । नत्र पछि शरीरका अन्य ठाउँमा पनि समस्या फैलिन सक्छ ।

कान्तिपुर

Link copied successfully