औषधि सेवन नगरेरै कम हुनसक्छ युरिक एसिड, बिहान उठ्नेबित्तिकै गर्नुहोस् यी पाँच योगासन

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

Uric acid can be reduced without taking medicine, do these five yogasanas as soon as you wake up in the morning

काठमाडौँ — शरीरमा युरिक एसिड बढ्दै जाँदा खुट्टामा पीडा, गोलीगाँठा सुन्निने र हिँडडुल गर्न समस्या हुन्छ । लामो समयसम्म उपचार नगर्दा यसले ठूलो रुप लिन्छ र स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुनसक्छ । 

तर सुरुवातमै आफ्नो जीवनशैलीमा सुधार ल्याउने हो भने युरिक एसिडको समस्याबाट पार पाउन सकिन्छ । यदि युरिक एसिड छ भने पनि केही घरेलु उपायले कम गर्न सकिन्छ । यहाँ उल्लेखित पाँचवटा योगासन छन् जो शरीरमा रहेको अतिरिक्त युरिक एसिड कम गर्न सहयोगी बन्न सक्छन् । 

वज्रासन

Uric acid can be reduced without taking medicine, do these five yogasanas as soon as you wake up in the morning

यो एकमात्र यस्तो आसन हो जो खाना खाइसकेपछि पनि गर्न सकिन्छ । यसले पाचनमा सुधार ल्याउँछ । जसकारण युरिक एसिड बन्ने सम्भाना कम हुन्छ । 

यसका लागि सबैभन्दा पहिला आफ्ना दुवै खुट्टालाई मोडेर घुँडाको बलले बस्नुहोस् । पिठ्यूँ सिधा राख्नुहोस् र दुवै हात घुँडामाथि राख्नुहोस् । दैनिक १०–१५ मिनेट यो आसनमा बस्दा यसको प्रभाव छिट्टै देखिन थाल्छ । 

पवनमुक्तासन

Uric acid can be reduced without taking medicine, do these five yogasanas as soon as you wake up in the morning

यो आसनले शरीरमा रहेका टक्सिन्स बाहिर निकाल्न सहयोग गर्छ । जसले युरिक एसिड पनि कम हुन्छ । 

यो आसन गर्नका लागि उत्तानो परेर घुँडालाई अगाडितर्फ मोड्दै छातीनजिक पुर्‍याउनुहोस् । दुवै हातले घुँडालाई समातिराख्नुहोस् । टाउँको उठाएर घुँडानजिक पुर्‍याउनुहोस् । ३० सेकेन्डसम्म यतिकै रोकिने र विस्तारै पुरानै अवस्थामा फर्किनुहोस् । 

भुजङ्गासन

Uric acid can be reduced without taking medicine, do these five yogasanas as soon as you wake up in the morning

यसले शरीरमा रक्तसञ्चारलाई चुस्त बनाउँछ र मिर्गौलाको कार्यक्षमता पनि बढाउँछ । जसले युरिक एसिडलाई शरीरबाट बाहिर निकाल्न सहयोग गर्छ । 

यसका लागि दुई हात भुइँमा टेकेर छातीलाई माथि राख्नुहोस् । पुस अप गरेजस्तै तर घुँडासम्म भुइँमा छुनुहोस् । केही सेकेन्ड यत्तिकै रोकिसकेपछि फेरि पुरानै अवस्थामा फर्किनुहोस् । 

त्रिकोणासन

Uric acid can be reduced without taking medicine, do these five yogasanas as soon as you wake up in the morning

यो आसनले शरीरलाई डिटोक्स राख्न सहयोग गर्छ । र गोलीगाँठामा जमेको युरिक एसिडलाई कम गर्छ । यसका लागि दुवै खुट्टा फैलाउनुहोस् । र एक हात भुइँमा टेकेर अर्को हात माथि उठाउनुहोस् । टाउकोलाई माथि उठाइएको हातको दिशातिर फर्काउनुहोस् । यो आसन दैनिक ३०–३० सेकेन्टको फरकमा दुवैतर्फ केही समयका लागि गर्नुहोस् । 

शलभासन

Uric acid can be reduced without taking medicine, do these five yogasanas as soon as you wake up in the morning

यो आसन कलेजो र मिर्गौलाका लागि पाइदाजनक मानिन्छ । यसले युरिक एसिडको उत्सर्जनलाई कम गराउँछ । यो आसन गर्नका लागि पेटको बलमा घोप्टो पर्नुहोस् । खुट्टा पसारेर हातलाई टाउकोभन्दा माथि सिधा पार्नुहोस् । १५–२० सेकेन्ट यही आसनमा रोकिएर फेरि विस्तारै तलमाथि गर्नुहोस् ।

कान्तिपुर संवाददाता

Link copied successfully