के तपाईं बचत गर्नुहुन्छ ?

वैशाख ३०, २०८२

कान्तिपुर संवाददाता

Do you save?

काठमाडौँ — आफ्नो कमाइबाट खर्च कटाएर बचेको रकम नै बचत हो । भविष्यको आवश्यकता, वित्तीय लक्ष्य तथा विभिन्न अनिश्चित प्रकृतिका खर्चलाई ध्यानमा राखेर बचत गर्न जरुरी छ । बचतले वित्तीय लक्ष्य पूरा गर्न, भविष्यमा योजना अनुसार खर्च गर्न, आकस्मिक रुपमा आइपर्ने खर्चको सामना गर्न सक्षम बनाउँछ ।

बचतले मानिसलाई आर्थिक रुपमा पनि सुरक्षित महसुस गराउँछ । बचतले  सीमित स्रोतबाट अत्यधिक लाभ लिन र वित्तीय आवश्यकता सहज तरिकाले पूर्ति गर्न सकिन्छ ।

बचतका उपाय
धेरै आम्दानी भएकाले मात्र बचत गर्ने हो वा बचत गर्न सक्छन् भन्ने गलत धारणा अधिकांशमा पाइन्छ । बचतका लागि आम्दानी त चाहिन्छ नै त्यो भन्दा महत्वपूर्ण पक्ष दृढ इच्छा र स्वअनुशासन निकै महत्वपूर्ण हुन्छ ।

बचतका फाइदा 

-नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता पुस्तकमा आधारित

कान्तिपुर

Link copied successfully