दहीको अचार कसरी बनाउने ?

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

How to make curd pickle?

काठमाडौँ — हपहपी गर्मीमा चिसो दही त पक्कै खानु भएको होला ? के तपाइले दहीको अचार खानुभएको छ ? आज हामी दहीको अचार बनाउन सिकाउँछौ ।

सामग्री : दही आधा लिटर, तिल ५० ग्राम, कडी पत्ता १० ग्राम, सुकेको रातो खुर्सानी स्वादअनुसार, बेसार २ ग्राम, नुन आवश्यकता अनुसार, सनफ्लावर तेल २० मिलिलिटर ।

विधि : दहीलाई चिया छान्नेले छानेर अनावश्यक पानी फाल्ने । भाँडामा तेल तताएर त्यसमा कडी पत्ता, बेसार, सुकेको खुर्सानी तथा तिल हालेर भुट्ने । यसलाई छानेर राखिएको दहीमा मिसाउने । आवश्यकता अनुसार नुन हालेर मिक्स्चरमा राम्रोसँग पिस्ने ।

यसरी तयार भएको दहीको अचार यो मौसममा रोटी तथा पकौडासँग स्वाद मानी‍-मानी खान सकिन्छ । 

कान्तिपुर संवाददाता

Link copied successfully