काठमाडौँ — कपाल झरिराख्ने चिन्ताले धेरैलाई सताएको पाइन्छ । धूवाँ, धूलो र गर्मीमा त झनै कपाल झर्ने चिन्ता बढी हुन्छ । त्यसैले कपाल किन झर्छ र यसको रोकथाम गर्न के गर्न सकिन्छ भन्ने चाहिँ जान्नैपर्छ ।
कपाल झर्ने एउटै मात्र कारण छैन। वंशाणुगत समस्या, मानसिक चिन्ता, भिटामिनको कमी, अनिद्रा र मौसम परिर्वतनका कारण पनि कपाल झर्ने गर्छ । त्यस्तै पोषणयुक्त खानेकुराको कमी, कपालमा कृत्रिम रंगको प्रयोग, हर्मोनको परिर्वतन, कपालमा प्रयोग गरिने विभिन्न रसायनयुक्त स्याम्पु, तेल, कन्डिसनरको प्रयोगले पनि कपाल झर्ने समस्या निम्त्याएको हुन सक्छ ।
कपाल झर्ने धेरै मानिसको साझा समस्या हो । कपाल झर्ने समस्यालाई मेडिकल भाषामा एलोपेसिया भनिन्छ । बजारमा पाइने रसायनयुक्त स्याम्पुलगायत अन्य हेयर क्यरिङका विभिन्न उत्पादनहको अत्याधिक प्रयोग, हेयरड्रायरको प्रयोग, जंक फुड धेरै मात्रामा खानाले, निरन्तर तातो पानीले कपाल नुहाउनाले पनि कपाल टुक्रिने र झर्ने गर्छ । यसलाई रोक्न हामीले निम्न उपाय अपनाउन सक्छौं ।
–रसायनको प्रयोग नभएका स्याम्पु, हेयर क्यरिङ प्रोडक्टको प्रयोग गर्ने
–पोषणयुक्त खानेकुरा बढी मात्रामा खाने
– हेयरड्रायरको धेरै प्रयोग नगर्ने
– सकभर कपाललाई आफैं सुक्न दिने
– आफ्नो कपालमा उपयुक्त हुने तेलको प्रयोग गर्ने
– तेलले कपाल मसाज गर्ने
– नुहाउँदा तातो पानीको प्रयोग नगर्ने
– धूलोबाट आफ्नो कपाल बचाउने
– तनाव कम लिने
– अनिद्रामा नबस्ने
प्राध्यापक डा. सविना भट्टराईसँगको कुराकानीमा आधारित । डा. भट्टराई Dermatologis हुन् ।
