काठमाडौँ — पैदल हिँड्नु एक प्राकृतिक क्रिया हो । तर हिँड्दा असहज अनुभव हुन थाल्यो या असामान्य रुपमा थकान महसुस भयो भने यो मधुमेहको सुरुवाती संकेत पनि हुन सक्छ ।
यो स्थितिले ब्लड सुगरको लेभल, ब्लड सर्कुलेसन र स्नायु र नसाको स्वास्थ्यलाई प्रभावित गर्छ । जसकारण हिँडिरहेका बेला ध्यान दिन लायक लक्षण देखिन्छन् । यी संकेतलाई छिट्टै पहिचान गर्न सकियो भने मधुमेहबाट बच्न प्रभावकारी उपाय अपनाउन सहयोग गर्छ ।
पैदल हिँड्दा देखिने लक्षणहरु :
१. खुट्टाको दुखाइ
थोरै दूरी हिँड्दा पटक–पटक खुट्टामा दुखाइको महसुस हुनु डायबिटिक पेरिफेरल बर्टरी डिजिजको संकेत हुन सक्छ । हाइ ब्लडसुगरले धमनीलाई कडा र साँघुरो बनाउँछ । जसका कारण खुट्टा र जाँघमा रक्तसञ्चार कम हुनपुग्छ । यसले हिँड्दा पिँडुला, जाँघ, खुट्टा र नितम्बमा दुखाइ हुनु या नसा फर्किने समस्या हुन्छ ।
२. खुट्टा र जाँघ झमझमाउनु
डायबिटिजको एक सामान्य पूर्व संकेत पेरिफेरल न्युरोप्याथी हो । जब उच्च रक्तचापले हात र खुट्टाका नसालाई नोक्सान गर्छ तब हिँड्दा झमझमाउनु, पोल्ने र सुई घोपेको जस्तो महशुस हुन्छ । सुरु–सुरुमा हल्का देखिने यो समस्या समयक्रमसँगै बढ्दै जान्छ ।
३. खुट्टा र घुँडा सुन्निनु
डायबिटिजले मिर्गौलाको फङ्क्सनलाई प्रभावित गर्छ । जसकारण फ्लुइड रिटेन्सन, खुट्टा र घुँडामा सुन्निने समस्या देखिन्छ । जुत्ता लाइसकेपछि खुट्टा सुन्निएकोजस्तो देखिन्छ भने यसलाई डायबिटिजको गम्भीर संकेत मानिन्छ ।
४. असामान्य थकान
यदि थोरै हिँड्दा पनि असामान्य थकान महसुस हुन्छ भने त्यस्तो ब्लड सुगरको असन्तुलनका कारण हुन सक्छ । हाइपरग्लाइसेमिया र हाइपोग्लाइसेमिया दुवै ब्लड सुगरको लेभल अत्यधिक थकानको कारण बन्न सक्छ । यसले शरीरमा ग्लुकोज प्रभावकारी ढंगले व्यवस्थापनमा संघर्ष गरिरहेको स्पष्ट हुन्छ ।
