गर्मी मौसममा के-के खाने ?

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

What to eat in summer?

काठमाडौँ — एकाध दिनको झरीपछि देशैभर गर्मी मौसम सुरु भएको छनक मिलेको छ । गर्मी सुरु भएसँगै खानपानका विशेष ध्यान त दिनैपर्‍यो । गर्मी मौसममा डिहाइड्रेसन र हिट स्ट्रोक हुने धेरै सम्भावना हुन्छ । खानपानमा विशेष ध्यान दिएर यी समस्याबाट बच्न सक्छौं ।

पानी र फलफूलमा जोड दिनुहाेस्
गर्मीमा डिहाइड्रेसन हुन नदिन उपयुक्त मात्रामा पानी सेवन गर्नुपर्छ । फलफूल पनि खानुपर्छ । विशेषगरी खरबुजा फाइदाजनक हुन्छ । यसमा पानीको मात्रा बढी हुन्छ । खरबुजा स्वास्थ्यवर्द्धक हुनुका साथै यसको स्वाद पनि मिठो हुन्छ । 

हरियो सागपात र सलाद खानुहाेस्
गर्मी मौससमा हरियो सागपातमा जोड दिनुपर्छ । हरियो सागपातमा फाइबरको मात्रा बढी हुन्छ । यसले तौल नियन्त्रण राख्न मद्दत गर्छ । विभिन्न थरीका सलाद खाँदा पोषण र स्वाद दुवै पाउन सकिन्छ ।

नरिवल पानी र दही पिउनुहाेस्
गर्मी मौसममा नरिवल पानी फाइदाजनक हुन्छ । यसमा इलेक्ट्रोलाइट हुन्छ र यसले शरीरलाई शीतल बनाउन सहयोग गर्छ । दही पनि गर्मीका लागि उपयोगी हुन्छ । यसबाट प्रोबायोटिक प्राप्त हुन्छ । यो मौसममा पेटको समस्या धेरै देखिन्छ । दहीको सेवन गरे यस्ता समस्याबाट छुटकारा मिल्छ । दहीलाई लस्सी बनाएर पनि पिउन सकिन्छ ।

कान्तिपुर

Link copied successfully