काठमाडौँ — सामाजिक सञ्जालमा दैनिक ३ घण्टाभन्दा बढी समय बिताउने बालबालिका र किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या बढ्ने अध्ययनले देखाएका छन् ।
प्रविधिको विस्तारसँगै मानिस अधिक डिजिटल जीवनशैलीतिर लागेका छन् । यो वृद्धिले अविश्वसनीय लाभ त पाइएला, सँगसँगै विशाल चुनौतीसमेत थपेको छ । यो बाल विकाससँग पनि जोडिने भएकाले यस्तो बेला अभिभावकले प्यारेन्टिङमा विशेष ख्याल गर्नुपर्छ ।
बालबालिकालाई कसरी खुसी राख्ने ?
१. परिवारका लागि दैनिक तालिका बनाउनुहोस्, जसमा खाना, गृहकार्य, खेले र सुत्ने समय समावेश होस् ।
२. बालबालिकालाई दैनिक गतिविधि वा कार्यका लागि दुई वा तीन विकल्प प्रस्ताव गर्नुहोस् र तिनीहरूलाई छनोट गर्न दिनुहोस् ।
३. बालबालिकाले चुनौती सामना गर्दा उसको प्रयास र लगनशीलताको प्रशंसा गर्नुहोस् ।
४. कुनै पनि अवरोधबिना बालबालिकासँग कुरा गर्न प्रत्येक दिन समय छुट्याउनुहोस् ।
५. बालबालिकासँग शान्त र स्थिर राख्न सहयोगी प्रविधिहरूको अभ्यास गर्नुहोस् ।
६. तपाईंको आफ्नै व्यवहार तथा तनाव वा द्वन्द्व कसरी ह्यान्डल गर्नुहुन्छ भन्नेबारे ध्यान दिनुहोस् ।
७. सुनिश्चित गर्नुहोस् कि तपाईंको घर एक सुरक्षित ठाउँ हो, जहाँ बालबालिकाले आफूलाई व्यक्त गर्न सहज मान्छ ।
८. बालबालिकालाई विभिन्न गतिविधि र अनुभवबारे परिचित गराउनुहोस् ।
९. सक्रिय भएर बालबालिकालाई सुन्ने अभ्यास गर्नुहोस् । उसको विचार र भावना व्यक्त गर्न प्रोत्साहन गर्नुहोस् ।
१०. जतिसुकै सानो भए पनि बालबालिकाको उपलब्धि स्वीकार गर्नुहोस् र उसलाई बधाई, शुभकामना भनेर कृतज्ञता प्रकट गर्नुहोस् ।
- मनोविद् विपिन थापासँगको कुराकानीमा आधारित
