शव भेटिएको डेढ महिनापछि अंशुको दाहसंस्कार

करिब डेढ महिना लामो र सूक्ष्म अनुसन्धानपछि प्रहरीले उनको बलात्कार पछि हत्यामा संलग्न छिमेकी ५९ वर्षीय पदमवहादुर अधिकारीलाई शुक्रबार पक्राउ गरेको थियो ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

Anshu's cremation takes place one and a half months after her body was found

(विराटनगर — लेटाङ नगरपालिका–२ फडानीकी १२ वर्षीया अंशु गौतमको शव भेटिएको डेढ महिनापछि मंगलबार दाहसंस्कार भएको छ । घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेसम्म शव नबुझेको परिवारले उनको हत्यामा संलग्नलाई पक्राउ गरेपछि स्थानीय चिसाङ–लोखरा घाटमा दाहसंस्कार गरिएको हो ।

छिमेकीबाटै बलात्कारपछि हत्या गरिएकी अंशुको अन्तिम बिदाइमा ठूलो संख्यामा स्थानीयवासी सहभागी रहेको स्थानीय पत्रकार तेजन खड्काले जानकारी दिए ।

अंशुको अन्तिम बिदाइमा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला तथा जनप्रतिनिधिसहित सर्वसाधारणको उपस्थित थिए ।  

असोज २१ पिङ खेल्न निस्किएकी उनको १८ दिनपछि कात्तिक ७ मा बेलबारी–चिसाङ जंगलमा क्षतविक्षत अवस्थामा शव भेटिएको थियो । 

करिब डेढ महिना लामो र सूक्ष्म अनुसन्धानपछि प्रहरीले उनको हत्यामा संलग्न छिमेकी ५९ वर्षीय पदमवहादुर अधिकारीलाई शुक्रबार पक्राउ गरेको थियो । अधिकारीले बलात्कारपछि हत्या गरेको स्वीकारेको थिए । 

कान्तिपुर

Link copied successfully