दसैंमा अलपत्र परेकालाई नि:शुल्क 'राइड सेवा' दिन जुटे युवा

युवाहरूले दसैंको समयमा सवारीसाधनको अभावमा अलपत्र परेका, वृद्धवृद्धा, बच्चा भएका तथा भाडा तिर्न नसक्नेलाई निःशुल्क मोटरसाइकल राइड सेवा प्रदान गरिरहेका छन् ।

आश्विन १७, २०८२

डम्बरसिं राई, दीपेन्द्र शाक्य

Youngsters join forces to give free 'ride service' to those stranded on Dasain

What you should know

संखुवासभा/खोटाङ — दसैंको रमझममा जब धेरैजना आफ्नो घरपरिवारसँग बिदा मनाउन व्यस्त हुन्छन् । खाँदबारी र खोटाङका केही युवाले भने सामाजिक सेवाको अनुपम उदाहरण प्रस्तुत गरेका छन् । 

‘माइती-मावली सेवा’ नामक अभियानमार्फत संखुवासभा खाँदबारीका युवाहरुले दसैंको समयमा सवारीसाधनको अभावमा अलपत्र परेका र गाडी भाडा तिर्न नसक्नेलाई निःशुल्क मोटरसाइकल राइड सेवा प्रदान गरिरहेका छन् । यो अभियानले स्थानीय समुदायमा ठूलो राहत प्रदान गरेको र सामाजिक एकताको सन्देश फैलिएको स्थानीय बताउँछन् ।

यो अभियान नवमीको दिनबाट सुरु भएको हो र दशैँ अवधिभर जारी रहनेछ । हालसम्म एक सयभन्दा बढीले यो सेवा लिइसकेका छन् । अभियानका संयोजक मेघराज तोलांगीका अनुसार, तीन दिनमा सयभन्दा बढी व्यक्तिहरुले यो निःशुल्क मोटरसाइकल सेवा लिइसकेका छन् । विशेषगरी, सवारी साधनको सुविधा नपाएर घण्टौं हिँड्न बाध्य, आर्थिक अभावमा गाडी भाडा तिर्न नसक्ने र आपतकालीन अवस्थामा रहेका व्यक्तिलाई यो सेवाले सहयोग पुर्या एको छ । हिलाम्मे र कच्ची सडकमा समेत पानी र झरी नभनी युवाहरुले आफ्नो सेवालाई निरन्तरता दिइरहेका छन् ।

Youngsters join forces to give free 'ride service' to those stranded on Dasain

‘माइती-मावली सेवा’ को यो पहलले स्थानीयवासीको मन जितेको छ । अभियानलाई समर्थन गर्न स्थानीय दाताहरुले युवाहरुलाई पेट्रोल भरिदिने र अन्य सहयोग प्रदान गर्ने गरेका छन् । संयोजक तोलांगीले अभियान सम्पन्न भएपछि दाताहरुबाट प्राप्त सहयोगको विवरण पारदर्शी रुपमा सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यो अभियानले सामाजिक उत्तरदायित्व र निःस्वार्थ सेवाको भावनालाई प्रोत्साहन गरेको छ ।

'विशेषगरी गाउँघरमा सवारीसाधनको पहुँच कम भएका र आर्थिक अवस्था कमजोर भएका परिवारलाई ठूलो राहत प्रदान गरेको छ,' उनले भने, 'अभियानमा संलग्न युवाहरुले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन र आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिने योजना बनाइरहेका छौं ।'

खोटाङमा ‘दसै–तिहार चेलीलाई उपहार’ अभियान

खोटाङमा पनि यस्तै सामाजिक कार्यमा युवा जुटेका छन् । महिला, वृद्धवृद्धा, बालबालिका र आर्थिक अवस्था कमजोर भएकालाई माइती–मावलीसम्म निःशुल्क यातायात सेवा पुर्यािउने उद्देश्यले बिहीबारदेखि अभियान सञ्चालन गरिएको हो । 

Youngsters join forces to give free 'ride service' to those stranded on Dasain

‘दसै तिहार चेलीलाई उपहार’ नामक अभियानको दोस्रो संस्करणअन्तरगत दसैंको अवसरमा १९ गतेसम्म ४ दिन र तिहारको अवसरमा कात्तिक ५, ६ र ७ गतेसम्म तीन दिन अभियान सञ्चालन गरिने अभियानका संयोजक सञ्जयकुमार राईले बताए । ‘महिला, वृद्धवृद्धा, बालबालिका र आर्थिक अवस्था कमजोर भएकाहरूलाई माइती–मावलीसम्म पुर्या उने उद्देश्यले यो अभियान सुरु गरिएको हो,’ उनले भने ।

दसैंको अवसरमा सञ्चालित अभियानको पहिलो दिन २५ जना बाइक राइडर र दुई वटा गाडीले सेवा दिएको उनको भनाइ छ । 'गत वर्ष करिब ५ सय जनालाई सेवा दियौं,' उनले भने, 'यसपालि हजार जनालाई सेवा दिने लक्ष्य राखिएको छ ।'

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

दीपेन्द्र

Link copied successfully