निर्धारित समयभन्दा दुइ महिनापछि आयो धरानको बजेट

लामो समयदेखि विवाद र अन्यौलमा रहेको धरानले चालु आर्थिक बर्षको लागी २ अर्ब २० करोड ७४ लाख ५९ हजार बजेट सर्वसम्मत पारित गरेको छ ।

आश्विन ३, २०८२

एलिना राई

Dharan's budget came two months after the scheduled time

धरान — कानुन अनुसार असार १० भित्र बजेट ल्याउन नसकेको धरान नगरपालिकाले अन्तत: बजेट पास गरेको छ । छैठौ पटक बसेको कार्यपालिका बैठकले असोज ४ गते अर्थात शनिबार १७ औ नगरसभा बस्ने निणर्य गरेको छ ।

बिहिबार बसेको कार्यपालिका बैठकबाट चालु आर्थिक बर्ष २०८२/८३ को नीती तथा कार्यक्रम र बजेट पास गरेको हो ।

बैठकमा स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले निर्धारण गरेको चालु आर्थिक बर्षको लागी २ अर्ब २० करोड ७४ लाख ५९ हजार बजेट सर्वसम्मत पारित भएको छ भने १७ औ नगरसभाको उद्घाटन् असोज ४ गते आहृान गर्ने निणर्य गरेको छ ।

यसअघि भदौ २६ मा नगरसभा गर्ने निर्णय भएपनि जेन-जी आन्दोलनको क्रममा धरानमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले नगरसभा अन्योल बनेको थियो । बैठकमा मेयर हर्क साम्पाङले बाँकी रहेका ९ बटा एजेण्डा प्रस्तुत गरेका थिए । बैठकमा नीति तथा कार्यक्रम संशोधनसँगै राजश्व पुनरावलोकनबारे, बसपार्क सञ्चालनबारेको प्रतिवेदन, सडक उपयोग सेवा शुल्कको ठेक्का , दररेट लगायतका बाँकी रहेका एजेन्डाहरु पारित भएको छ । बैठकमा नगरसभा शनिबार बिहान ८ बजे धरान उपमहानगरपालिकाको परिसरमा गर्ने निणर्य गरिएको हो ।

बैठकमा मेयर साम्पाङले बिपद् कोषमा छ्ट्टुाएको ३ करोडबाट फोहोर मैला उठाउनका लागि मिनि टिप्पर किन्नको लागि १ करोड छुट्टाउन राखेको प्रस्ताव पनि कार्यपालिकाबाट सर्वसम्मत पारित भएको छ । त्यस्तै भाद्र २३ र २४ गतेको जेन जी आन्दोलनको क्रममा शहादत प्राप्त गरेका धरान उपमहानगरपालिका वडा नम्बरआमटार चौरी निवासी साजन मेवाहाङ्ग राईका दुई नाबालक छोराहरुको पठन पाठन लागि राहत स्वरुप उनीहरुको नाममा खाता खोली ५ लाख रुपैयाँ सहयोग गर्ने निणर्य गरिएको छ ।

त्यस्तै अतुलनिय संकटको बेला धरान १० स्थित पुतली लाईनमा रहको भाटभटेनीमा जेन-जी आन्दोलनको क्रममा अराजक समुहले लगाएको आगो नियन्त्रणमा ल्याउन दिन रात खटेर सहयोग गर्ने धरानका रुण यन्त्रका नगरप्रहरी लाई पनि सम्मान गरिने निणर्य गरिएको छ ।

नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकारले असार मसान्त भित्रमा बजेट निर्माण गरी पास गरिसक्नु पर्ने कानूनी व्यवस्था छ । तर अन्तिम समयमा पनि नगर सभाबाट प्रस्तावित विनियोजन विधेयक र बजेट पारित हुन नसक्दा श्रावण १ गतेबाट बाट धरान उपमहानगरपालिकाको बजेट कानुनी रूपमै बजेटविहीन बनेको थियो । धरानको बजेट शुन्य भएसंगै दुई महिना देखि आर्थिक कारोबार पूर्ण रुपमा ठप्प छ । 

सम्बन्धित अन्य समाचारहरु 

धरानको बजेट अझै अनिश्चित : कांग्रेस र माओवादीले मेयरलाई साथ दिँदा एमाले विपक्षमा

लामो रस्साकस्सीपछि धरानको बजेट सिलिङ कार्यपालिकाबाट पारित, नगरसभा आगामी बिहीबार

एलिना राई एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully