विराटनगर — प्रदेश १ का १४ जिल्लाका १ सय ३७ स्थानीय पालिकाका २१ हजार ५ सयभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । प्रमुख र उपप्रमुख २ सय ७४, वडाध्यक्ष १ हजार १ सय ५६ जना र सदस्य ४ हजार ५ सय ८६ जना उम्मेदवार छन् । एक वडाध्यक्षसहित ४२ वडा सदस्य निर्विरोध भइसकेका छन् ।
प्रदेशमा एक महानगरपालिका, दुई उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका छन् । विभिन्न दलका र स्वतन्त्र गरेर २१ हजार ५ सय २२ जना उम्मेदवार भएका छन् ।
विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा पाँचदलीय गठबन्धन छ । बाँकी स्थानीय तहमा कतै दुईदलीय गठबन्धन र कतै एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् । अधिकांश स्थानीय तहमा नेकपा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ । सुनसरीको इटहरी र धरान उपमहानगरपालिकामा पाँचदलीय गठबन्धन छ भने बाँकीमा गठबन्धनका दलहरू छुट्टाछुट्टै चुनावी दौडमा छन् ।
