अभावबीच उज्यालो छर्दै सामुदायिक विद्यालय

देशभरका २७ हजार २ सय सामुदायिक विद्यालयमा साढे ४६ लाख बालबालिका अर्थात् विद्यालय तहका ७३ प्रतिशत विद्यार्थी पढ्छन्

पुस २६, २०८२

कान्तिपुर संवाददाता

Community schools spreading light amidst poverty

काठमाडौँ — नेपालमा आधुनिक शिक्षाको थालनी सामुदायिक विद्यालयबाट भएको हो । देशभरमा २७ हजार २ सय सामुदायिक विद्यालय छन् । जहाँ साढे ४६ लाख बालबालिका अर्थात् विद्यालय तहका ७३ प्रतिशत विद्यार्थी पढ्छन् ।

यिनै विद्यालयले प्रख्यात चिकित्सक, इन्जिनियर, वैज्ञानिक, कुशल व्यवस्थापक, प्रशासक, अर्थशास्त्री, मानवशास्त्री, समाजशास्त्री, कानुनविद्, शिक्षाशास्त्री, कृषिविद्, राजनीतिज्ञलगायत देश र समाज हााक्ने दक्ष जनशक्ति उत्पादन गर्दै आएका छन् ।

समुदायको पहलमा स्थापित सार्वजनिक विद्यालयमा राज्यले पनि लगानी गरेर दरिलो बनाउँदै लगेको छ । सागै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई लिएर प्रश्न पनि उठ्दै आएको छ । सामुदायिक विद्यालय ‘राजनीतिको कोपभाजनमा परे, शैक्षिक गुणस्तर खस्कियो । राज्यको ठूलो लगानी खेर गइरहेको छ’ जस्ता भाष्य यत्रतत्र सुनिन्छ । तर त्यो पूर्ण सत्य भने होइन । सबल र अब्बल सामुदायिक विद्यालय पनि छन् ।

जसले दशकौंदेखि सर्वोत्कृष्ट नतिजासहित मुलुककै विद्यालय शिक्षाको नेतृत्व गर्दै आएका छन् । विद्यार्थीको नतिजा लोभलाग्दो छ । अभिभावक र समुदायको विश्वास र भरोसा टुटेको छैन । त्यही विश्वास र भरोसाकै कारण विद्यार्थीहरूको चाप पनि उच्च छ ।

भर्नाका लागि प्रवेश परीक्षा अनिवार्य छ र जुन निकै प्रतिस्पर्धात्मक हुन्छ । आजको कान्तिपुर कोसेलीमा ७ प्रदेशका २० उत्कृष्ट सामुदायिक विद्यालयको सुधार र सफलताका रोचक कथा प्रस्तुत गरेका छौं ।

कान्तिपुर

Link copied successfully