कञ्चनजंघाको फेदीबाट

जेष्ठ ३, २०८२

तस्बिर : हेमन्त श्रेष्ठ

From the foothills of Kanchenjunga

धपेडीको संसारलाई केही दिनका लागि विच्छेद गर्दै हिमाली भूगोलसँग जोडिन मन लाग्यो । र, हामी लाग्यौं कञ्चनजंघा पदयात्रामा । पूर्वी नेपालको दुर्गम भागमा तय गरिने यो यात्रा जति रोमाञ्चक छ, यति नै कठिन पनि ।

कञ्चनजंघा (८,५८६ मि.) विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल हो । सडक र हवाई मार्गले जोडिएको ताप्लेजुङबाट यो यात्रा सुरू हुन्छ । चिरूवा र लेलेपको बाटो हुँदै नदीनाला र जंगल पछ्याउँदै कञ्चनजंघा संरक्षण क्षेत्रको सेखामुथ पुगेपछि सडकमार्ग सकिन्छ र यहीँबाट सुरू हुन्छ, वास्तविक यात्रा ।

From the foothills of Kanchenjunga

यो यात्रा सेखाथमु, अम्जिलोसा, ग्याब्ला, घुन्सा, खाम्बाचेन, लोनाक हुँदै पाङ्गपेमामा रहेको उत्तर आधार शिविर (५,१४३ मि.) पुगिन्छ । हावामा फरफराइरहेका ध्वजा र कलात्मक तिब्बती शैलीका घर भएको घुन्सा रमणीय गाउँ हो । यहाँबाट खाम्बाचेनको बाटो झन्झन् भिरालो हुँदै जान्छ, सँगै चिसो पनि थपिन्छ । खाम्बाचेनबाट देखिने कुम्भकर्ण (७,७१० मि.) हिमालले यात्रालाई मनमोहक बनाउँछ ।

From the foothills of Kanchenjunga

लोनाक हुँदै पाङ्गपेमा बेसक्याम्पबाट मनमोहक हिमाली दृश्य त देखिन्छ न स्थानीयको न्यानो आतिथ्यले आँत शीतल बनाइदिन्छ । पाङ्गपेमाबाट घुन्सा फर्केपछि दक्षिणतर्फ सेलेले पास गर्नु पदयात्राको मुख्य आकर्षण र चुनौतीमध्ये एक हो । ४,२०० मिटरभन्दा माथि चल्ने हावा र हुस्सुसँगै पर्ने हिउँले यात्रा कष्टकर बन्छ । तर सफा दिनमा मकालु र सगरमाथासहित हिमशृंखला देख्दा मन आनन्दित बन्छ ।

From the foothills of Kanchenjunga

सेलेले पास गरेपछि दक्षिणी भागमा रहेको चेराम हुँदै ओक्ताङ आधार शिविर पुगिन्छ । यताबाट पृथक् हिमनदी, ताल, घना जंगललगायत मनोरम दृश्य देखिन्छ । त्यसैले कञ्चनजंघा यात्रा गर्दा पूरा सर्किट नै तय गरिएन भने पदयात्रा अपूरो हुन्छ । १६ देखि १७ दिनसम्मको यो यात्रामा धेरै ठाउँमा मोबाइल नेटवर्कमा समस्या आइरहन्छ । ठाउँठाउँमा पहिरोको जोखिख पनि उत्तिकै हुन्छ । त्यसैले स्थानीयको माग छ– सरकारले पहिरो गएका बाटो समयमै मर्मत गरिदिनुपर्छ । पयर्टन विस्तारका लागि योजना बन्नुपर्छ । 

From the foothills of Kanchenjunga

कञ्चनजंघा सर्किट ट्रेक आधार शिविर पुग्न मात्र होइन, अद्भुत अनुभव सँगाल्दै जीवनलाई ‘रिचार्ज’ गर्न पनि हो ।

From the foothills of Kanchenjunga

From the foothills of Kanchenjunga

From the foothills of Kanchenjunga

From the foothills of Kanchenjunga

From the foothills of Kanchenjunga

From the foothills of Kanchenjunga

From the foothills of Kanchenjunga

From the foothills of Kanchenjunga

तस्बिर श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully