जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार घटनामा संलग्न अन्य तीन बालकलाई नियन्त्रणमा राखेर अनुसन्धान जारी छ ।
सुर्खेत — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले फरेन्सिक रिपोर्टको प्रतिक्षा गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार घटनामा संलग्न अन्य तीन बालकलाई नियन्त्रणमा राखेर अनुसन्धान जारी छ ।
उनका अनुसार अबको दुई–तीन दिनभित्र अनुसन्धानको प्रारम्भिक निष्कर्ष तयार हुने तयारी छ । प्रहरीले मृतक इनिशा र आरोपित बालकहरूको मोबाइल, विद्युतीय सामग्री, साथै इनिशाको भजाइनल स्वाब लगायतका प्रमाणहरू केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टकसिकोजिकल र बायोसेरोलोजिकल परीक्षणका लागि पठाएको छ ।
बुढथापाका अनुसार फरेन्सिक रिपोर्ट आएपछि मात्रै मृत्युको रहस्य प्रस्ट हुने छ । सामान्य अवस्थामा फरेन्सिक रिपोर्ट आउन १५ दिन लाग्ने भए पनि, यस प्रकरणमा प्रहरीले एक हप्ताभित्र सबै परीक्षण प्रक्रिया पूरा गर्ने गरी काम गरिरहेको छ ।
घटनामा सुर्खेत प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सुक्ष्म अध्ययन जारी राखेको छ भने, पक्राउ परेका बालकहरूको बयान लिने प्रक्रिया पनि चलिरहेको छ ।
