५ महिनापछि त्रिवि शिक्षण अस्पतालमा पुनः स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन

गत माघ १ गतेदेखि बन्द भएको बिमा कार्यक्रम भोलि १५ असारदेखि पुनः सुरु हुन लागेको हो ।

असार १४, २०८३

रासस

Health insurance program resumes at TU Teaching Hospital after 5 months

काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनः सञ्चालन गर्ने भएको छ । गत माघ १ गतेदेखि उक्त कार्यक्रम बन्द गरेको अस्पतालले यही असार १५ गतेदेखि पुनः सुरु गर्न लागेको हो ।अस्पतालका कार्यकारी निर्देशक डा. सुभाषप्रसाद आचार्यका अनुसार हाल  बहिरङ्ग सेवा (ओपिडी)मा उक्त सेवा सञ्चालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ ।

स्वास्थ्य बिमा कार्यक्रममार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नभएपछि सेवा बन्द भएको थियो । उनका अनुसार अस्पतालले  बिहान ७:०० देखि ११:०० बजे र दिउँसो १३:०० बजेदेखि साढे १४:०० बजेसम्म बिमा टिकट बिरामीलाई उपलब्ध गराइने छ । केही दिनअघि मात्र बोर्डले अस्पताललाई स्वास्थ्य बिमाबाट उपचार गरेवापतको भुक्तानी उपलब्ध गराएको थियो । 

अस्पतालले २०७७ बाट नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा सञ्चालन गरेको थियो । 

रासस

Link copied successfully