८ वर्षमा ९०५ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

२०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार उद्धार गरिएकामध्ये सबैभन्दा बढी कर्णाली प्रदेशका ३०२ जना महिला छन् भने सबैभन्दा कम लुम्बिनी प्रदेशका १९ जना छन् ।

जेष्ठ १३, २०८३

कान्तिपुर संवाददाता

905 pregnant and postpartum women airlifted in 8 years

काठमाडौँ — राष्ट्रपति महिला उत्थान (राष्ट्रिय महिला समुत्थान परियोजना ) कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको फागुनसम्म दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका ६० गर्भवती तथा सुत्केरीसहित ९०५ महिलाका हवाई उद्धार भएको छ ।

२०७५/७६ देखि लागु भएको यस परियोजनामा ८ वर्षमा ९ सय ५ महिलाको उद्धार भएको २०८२/८३ को आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

उद्धार गरिएकामध्ये सबैभन्दा बढी कर्णाली प्रदेशका ३०२ जना महिला छन् भने सबैभन्दा कम लुम्बिनी प्रदेशका १९ जना छन् । त्यसैगरि कोशी २ सय ७९, बागमतीमा १२५, गण्डकीमा ४४ सुदूरपश्चिममा १३६ महिलाको उद्धार भएको सर्वेक्षणले देखाएको छ ।

कान्तिपुर

Link copied successfully