रेड्डीले गर्भवति महिलाहरु र वृद्धवृद्धामा साल्मोनेलाको खराब असर धेरै देखिनसक्ने बताइन् ।
काठमाडौँ — सामाजिक सञ्जालमा नयाँ–नयाँ स्वादका खानेकुरा तथा पेय पदार्थको चर्चा भइरहन्छ । अहिले ‘एग कफी’ चर्चामा छ । यो कफीको संस्कृति १९४० को दशकमा भियतनामको हानोईबाट सुरु भएको हो । यसलाई भियतनामी भाषामा 'का फे ट्रोङ' भनिन्छ ।
यसमा अण्डाको पहेंलो भागलाई चिनी र कन्डेन्स्ड (गाढा) दूधसँग घोलिन्छ । त्यसपछि उक्त मिश्रणलाई कडा भियतनामी कफीमाथि खन्याइन्छ । मिठो, सफ्ट ड्रिंक्स ‘एग कफी’ तयार हुन्छ । सामाजिक सञ्जालमा धेरैले यसलाई मार्समाल्लो मिठाईसँग तुलना गरेका छन् ।
इटलीमा यस्तै प्रकारको परम्परागत पेय पदार्थ ‘जाब्ल्योनेन’ लोकप्रिय छ । त्यसमा पनि अण्डाको पहेंलो भागलाई चिनीमा घोलेर कफीसँगै सर्भ गर्ने गरिन्छ । १८ फेब्रुअरीमा इस्टाग्राममा फैलिएको एउटा ‘एग कफी’ को भिडियोमा ४ लाखभन्दा धेरै लाइक आएको थियो ।
‘विश्वको उत्कृष्ट कफी,’ एक व्यक्तिले कमेन्टमा लेखेका थिए । सामाजिक सञ्जालमा यस्ता धेरै भिडियोहरु छरपस्ट छन् ।
तर यस कफीको फाइदाभन्दा स्वास्थ जोखिम धेरै रेहेको अमेरिकाको जर्जिया बस्ने फिजिसियन एमडी सुजाथा रेड्डीले बताइन् । यसले साल्मोनेला ब्याक्टेरियाको संक्रमण गराउनसक्ने उनले बताइन् । साल्मोनेला ब्याक्टेरियालाई पूर्णतः निस्क्रिय बनाउन अण्डा पाकेको हुनुपर्ने रेड्डीले बताइन् ।
साल्मोनेला ब्याक्टेरियाले झाडा–पखाला, ज्वरो, पेट दुख्ने, वान्तालगायत समस्या गराउनसक्ने जोखिम रहेको उनले बताइन् । ‘एग कफी’ बनाउने क्रममा अण्डाको पहेंलो भागलाई पुरै पकाइएको हुँदैन । सामोनेला ब्याक्टेरिया सक्रिय हुनसक्छ ।
रेड्डीले गर्भवति महिलाहरु र वृद्धवृद्धामा साल्मोनेलाको खराब असर धेरै देखिनसक्ने बताइन् । ‘पोषणको गुणस्तरका हकमा काँचो र पकाइएको अण्डामा खासै फरक हुँदैन । र, कन्डेन्स्ड दूधमा धेरै क्यालोरी हुन्छ ।’
काँचो अण्डाको सेवनले केही निश्चित बी भिटामिनहरु लिने शरीरको क्षमता कमजोर बनाउनसक्ने चेतावनी पनि रेड्डीले दिइन् ।
