वायु प्रदूषणले बढाउँदैछ स्वास्थ्य समस्या

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको जनाएको छ । मन्त्रालयका अनुसार तीमध्ये २१ प्रतिशत ५ वर्षमुनिका बालबालिका रहने गरेका छन् ।

फाल्गुन ३०, २०८२

आरती पौडेल

Air pollution is increasing health problems

What you should know

काठमाडौँ — टोखा नगरपालिका–१ विडारी गाउँ घर भएका ७० वर्षका हलेश्वर विडारी केही वर्षयता दमको रोगी हुन् । दमको समस्या देखिए पनि नियमित औषधि खाने, चिकित्सकको परामर्श लिने गरेका उनी हिँडडुल गर्न सक्ने साथै सामान्य अवस्थामा थिए । तर, उनलाई केही दिन अगाडि सास फेर्न निकै गाह्रो हुने, सास फेर्दा घ्यार, घ्यार आवाज आउने भयो । 

उनलाई छोरा बुहारीले अस्पताल लिएर गए । डाक्टरले दम निकै बढेको बताएपछि अहिले उनी ग्रीन सिटी हस्पिटलमा सघन उपचार कक्ष (आईसीयु) मा चार दिनयता उपचाररत छन् । 

बिहीबार र शुक्रबार हल्का पानी परे पनि काठमाडौंमको प्रदूषण भने कम भएको छैन । वायुको गुणस्तर मापन गर्ने आईक्यू एयरका अनुसार शनिबार साझपख काठमाडौं एक्यूआई (हावाको गुणस्तर) १६९ मापन गरिएको छ । सामान्यतः शून्यदेखि ५० सम्मको एक्यूआईलाई सन्तोषजनक मानिन्छ । १५० भन्दा माथिलाई अस्वस्थ मानिन्छ । एक्यूआई १५० देखि २०० हुादा संवेदनशील मानिसलाई असर गर्ने विज्ञहरू बताउँछन् । २०१ देखि ३०० एक्यूआईले सबै उमेर समूहका मानिसको स्वास्थ्य जोखिम बढाउाछ । ३०१ देखि ५०० सम्मले आपत्कालीन अवस्था जनाउँछ । 

Air pollution is increasing health problems

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार हावामा पीएम २.५ को मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ । तर काठमाडौंको हावामा पीएम २.५ को मात्रा प्रतिघनमिटरमा ८०.५ रहेको छ । हावामा २.५ माइक्रोनभन्दा साना व्यास भएका स–सना कण नै पीएम २.५ हुन् । ठुलो पानी नपरेसम्म प्रदुषण नघट्ने मौसम विधहरु बताउछन् । 

केही समय अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाको प्रदूषण उच्च तहमा पुगेको कारण सबैलाई सर्तकता अपनाउन जनाएको थियो । प्रदूषण बढेको कारण बालबालिका, ज्येष्ठ नागरिक एंव दम, खोकीजस्ता श्वासप्रश्वास सम्बन्धी दीर्घरोगीलाई बढी असर गर्ने भएकाले सावधानी अपनाउान मन्त्रालयले आग्रह समेत गरेको थियो । 

वायु प्रदूषणका कारण मानिसहरूमा दम, छातीको समस्या, मुटु रोग जस्ता विभिन्न प्रकारका स्वास्थ्य समस्याका बिरामी बढेको चिकित्सकहरू बताउँछन् । अस्पतालहरूमा दमका पुराना बिरामी पुनः समस्या देखिएर अस्पताल आउनेको संख्या बढेको साथै नयाँ बिरामीको संख्यामा १५ देखि २० प्रतिशतले वृद्धि भएको चिकित्सकहरूको भनाइ छ । 

Air pollution is increasing health problems

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नीरज बमका अनुसार देशभर वायु प्रदूषण अत्यधिक अवस्थामा बढेका कारण बिरामीको संख्या पनि बढेको बताए । ‘तुवाालो लाग्ने, बादल लाग्ने, धुम्म परेको अवस्था छ । वायु प्रदूषण बढेसागै भाइरल, ब्याक्टेरियल साथै फंगल संक्रमणहरु बढ्दो देखिएको छ,’ उनले भने,‘जसका कारण मानिसहरूमा आाखा पोल्ने, छाला चिलाउने, एलर्जी हुने, रुघा लाग्ने, तारन्तनर खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगतको बाछिटा देखा पर्न थालेको यस्ता समस्या लिएर बिरामी धेरै मात्रामा आएको देखिन्छ ।’ श्वासप्रश्वास, दमका रोगीहरू निकै बढेको उनले बताए । 

‘पुराना दमका बिरामीलाई फेरि समस्या देखिएर साथै नयाा दमका बिरामीहरू बढेको देखिन्छ । अस्पतालको इमरजेन्सी सेवामा दमको रोगीको संख्या निकै बढेको छ,’ उनले भने,‘नियमित आउने बिरामीको संख्या भन्दा १५ देखि २० प्रतिशतले बढेको छ । त्यसलाई हामीले धेरै भन्नुपर्छ ।’

Air pollution is increasing health problems

वायु प्रदूषणले क्यान्सर, मिर्गौला, कलेजो, उच्च रक्तचाप, मधुमेहजस्ता समस्याका बिरामीलाई जोखिम हुने, साथै ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी महिलाले विशेष ध्यान राख्नुपर्ने बमले बताए । वातावरण प्रदूषणको समयमा बालबालिकालाईसमेत निकै ख्याल गर्नुपर्ने उनले सुनाए ।

‘वायु प्रदूषणलाई ‘साइलेन्ट किलर’ भनिन्छ । यसले भर्खर केही प्रभाव नपारेको जस्तो देखिए पनि केही वर्षमा ठुलो समस्या देखिन थाल्छ,’ उनले भने । 

वायु प्रदूषणले धेरै प्रकारका समस्याहरू निम्त्याउँदा फोक्सोको क्यान्सरसमेत बढेको उनले बताए । उनले भने, ‘प्रदूषण वातावरणले गर्दा धुम्रपान सेवन नगर्नेहरूलाई पनि फोक्सोको क्यान्सर धेरै देखिन थालेको  छ । यसले उक्त रक्तचाप, मधुमेह, पक्षघात, र Åदयाघातको जोखिम निकै बढाउँछ ।’ विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक १० मध्ये प्रत्यक्ष/अप्रत्यक्ष रूपमा एक जनाको मृत्युको कारण वातावरणीय प्रदूषण रहेको उनले बताए । दीर्घकालीन रूपमा योजना बनाएर ठोस रूपमा लागु गर्नुपर्ने उनी सुनाउँछन् । 

वायु प्रदूषण कम गर्न सरकारले नीति नियम ल्याउनुपर्ने उनले सुनाए । ‘सरकारले पुराना, सवारी साधनको धूवाा नियन्त्रण गर्न कडा नीति नियम ल्याउनुपर्छ । जुनसुकै निर्माण गर्दा वातावरणमैत्री बनाउनुपर्छ । डढेलो नियन्त्रण गर्ने, कलकारखानाबाट निस्किने धूवाालाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नुपर्छ,’ उनले भने,‘सहरहरूमा घरभन्दा बढी हरियाली हुने गरी साइन्टिफिक ग्रीनरी डेभलपमेन्ट (वैज्ञानिक हरियाली विकास) गर्न जरुरी छ ।’

Air pollution is increasing health problems

अत्यावश्यक काममा मात्र बाहिर निस्कने, बाहिर निस्किादा अनिवार्य रूपमा मास्क प्रयोग गर्ने, धूवााधूलोबाट बच्ने, घरको झ्यालहरू बन्द राख्ने तर भेन्टिलेसन खुल्ला राख्ने, वातावरण सफा राख्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने गर्नुपर्ने उनले सुझाव दिए । साथै, सामाजिक दुरी अपनाउने, धुम्रपान, मद्यपानबाट टाढा बस्ने, मनतातो पानी पिउने, रुघाखोकी लागेमा वा अक्सिजन घटेमा तुरुन्त चिकित्सकको सल्लाह लिन आवश्यक रहेको उनले बताए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषणका कारण नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको जनाएको छ । मन्त्रालयका अनुसार तीमध्ये २१ प्रतिशत ५ वर्षमुनिका बालबालिका रहने गरेका छन् ।

वायु प्रदूषणले गर्दा काठमाडौंमा मात्र नभएर देशका विभिन्न स्थानमा पनि उत्तिकै बिरामीको संख्या बढेको देखिन्छ ।

चितवन भरतपुरमा रहेको पुष्पाञ्जली अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार घर भन्दा बाहिर निस्कने मानिसहरू साथै दीर्घकालीन रोगका बिरामी पुनः अस्पताल आउनेको संख्या बढेको उनले सुनाए । उनले भने,‘अस्पतालबाट निको भएर घर गएका दमका रोगीहरू वायु प्रदूषणका कारण २ वा ३ दिनमै पुनः भर्ना गर्नु परेको डरलाग्दो समस्या देखिएको छ ।’ 

Air pollution is increasing health problems

अधिकारीका अनुसार स्कुल कलेज, अफिस जाने, बिहान दिउासो हिाडडुल गर्ने वा भनाौ घर बाहिर दिनहुा काम गर्न जाने मानिसहरू विभिन्न समस्या देखिएर स्वास्थ्य जााचको लागि आउनेको संख्या पनि निकै बढेको सुनाए । उनले भने, ‘सास फेर्न गाह्रो हुने, आाखा पोल्ने, आाखा टट्याउने, सास नली एलर्जीले गर्दा खुम्चनेजस्ता समस्या लिएर बिहान बेलुका कलेज पढ्न जाने, बाहिर काम गर्ने धेरै मात्रामा आउनुभएको छ ।’

उक्त समूहका भर्ना गर्नपर्ने गरी नआए पनि परामर्शको लागि धेरै आएको उनले सुनाए । तर, दमका रोगी, छाती, मुटुमा समस्या भएका दीर्घकालीन रोगीहरूलाई भने हस्पिटलमा भर्ना गर्नुपर्ने अवस्था आएको उनले सुनाए । 

वायु प्रदूषणले मानिसको व्यवहारमा पनि निकै परिवर्तन ल्याउने गरेको अधिकारीले बताए । उनले भने, ‘खराब मौसमले अक्सिजनको मात्रा कमी हुँAir pollution is increasing health problemsदा मानिसको झर्को लाग्ने, झुम्म हुने, साथै मुड र व्यवहारमा पनि निकै नकारात्मक परिवर्तन ल्याएको देखिन्छ,’ उनले भने, ‘लामो समयसम्म वायु प्रदूषण भइराख्दा यसले रक्तचापमा पनि उतारचढाव ल्याउने गर्छ ।’

वायु प्रदूषणका कारण अस्पतालमा ओपीडीमा १५ प्रतिशत बिरामी बढेको साथै पहिलाको तुलनामा अस्पताल नर्मल वाडमा साथै इमर्जेन्सीमा १० प्रतिशत बढेको उनले बताए । खराब वातावरणका कारण अति आवश्यक कामका लागि भन्दा अन्य समय बाहिर नहिाड्न उनले सुझावसमेत दिए ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully