गर्भावस्थामा  पारासिटामोलको प्रयोग सुरक्षित नै रहेको नयाँ अध्ययनको निष्कर्ष

‘जब हामीले यो विश्लेषण गर्‍यौं । तब पारासिटामोलले अटिजमको जोखिम बढाउने कुनै पनि प्रमाण देखेनौं । कुनै सम्बन्ध भेटिएन,’ अध्ययनकी लिड स्टडी लेखिका तथा परामर्शदाता अब्स्टेट्रिसियन प्रोफेसर आस्मा खालिलले भनिन्

माघ ३, २०८२

कान्तिपुर संवाददाता

New study finds paracetamol safe during pregnancy

What you should know

काठमाडौँ — गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित रहेको नयाँ अध्ययनले देखाएको छ । यसको प्रयोग गर्दा बच्चामा अटिजम वा विकास अवरोधजस्ता समस्या देखिने कुनै आधार पनि नरहेको यसले जनाएको छ । 

यसअघि गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारा सिटामोल स्वास्थ्यका लागि प्रतिकुल रहेकाले यसको प्रयोग गर्न आग्रह गरेका थिए । तत्कालै स्वास्थ्य संस्थाहरुदले उनको अभिव्यक्तीको आलोचना पनि गरेका थिए । 

लान्सेट जर्नलमा प्रकाशित नयाँ रिभ्युमा यसको सुरक्षालाई लिएर बहस अन्त्य गरिनुपर्ने उल्लेख छ ।

यसअघि गत वर्ष ट्रम्प प्रशासनले पारासिटामोल र टायलेनोल (गर्भावस्थामा महिलाले लिने पेनकिलर) ले गर्भको बच्चामा अटिजम गराउनसक्ने बताएका थिए । 

यसले स्वास्थ्यकर्मी र गर्भवति महिलाहरुमा दुविधा उत्पन्न गराएको थियो । नयाँ अध्ययनले त्यसलाई खारेज गरेको छ । 

‘लान्सेट अब्सेट्रिक्स, गाइनोकोलोजी एन्ड वुमन्स हेल्थ’ मा प्रकाशित यस प्रतिवेदनले गर्भावस्थामा पारासिटामोलको प्रयोग सम्बन्धी ४३ वटा अध्ययन–प्रतिवेदनलाई विश्लेषण  गरेको थियो । ती अध्ययनहरुमा लाखौं महिला समावेश थिए ।

अध्ययनले गर्भावस्थामा औषधी सेवन गर्ने आमा र औषधि सेवन नगर्ने आमाहरुको तुलनात्मक अध्ययन पनि गरेको थियो । 

‘जब हामीले यो विश्लेषण गर्‍यौं । तब पारासिटामोलले अटिजमको जोखिम बढाउने कुनै पनि प्रमाण देखेनौं । कुनै सम्बन्ध भेटिएन,’ अध्ययनकी लिड स्टडी लेखिका तथा परामर्शदाता अब्स्टेट्रिसियन प्रोफेसर आस्मा खालिलले भनिन् , ‘सन्देश स्पष्ट छ , चिकित्सकको निर्देशनअनुसार प्रयोग गर्दा पारासिटामोल गर्भावस्थामा सुरक्षित विकल्प मानिन्छ ।’

सेन्ट जर्ज, युनिभर्सिटी अफ लण्डनमा प्रोफेसर रहेकी  खलिले थपिन्, ‘यो महत्वपूर्ण छ , किनकी पारासिटामोल हामीले गर्भवति महिलालाई दुखाई वा ज्वरोमा प्रयोग गर्नका लागि सिफारिस गर्ने पहिलो औषधि हो ।’

कान्तिपुर संवाददाता

Link copied successfully