स्वास्थ्यमन्त्री डा. गौतमले गरिन् बीपी प्रतिष्ठानको अस्पतालको अनुगमन

जेन-जी आन्दोलनबाट बनेको सरकारको प्राथमिकता नै भ्रष्टाचारमुक्त देश निर्माण बनाउनु रहेको भनाइ

मंसिर १६, २०८२

एलिना राई

Health Minister Dr. Gautam inspects BP Foundation hospital

धरान — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन तथा निरीक्षण गरेकी छन्। मंगलबार उनी प्रतिष्ठानको समस्या बुझ्न तथा निरीक्षण र अनुगमन गर्न धरान आएको उन्होंने बताइन्।

जेन-जी आन्दोलनबाट बनेको सरकारको प्राथमिकता नै भ्रष्टाचारमुक्त देश निर्माण गर्नु र प्रणालीहरू सुदृढ बनाउनु भएको उनको भनाइ छ । उनले भनिन्, 'जेन-जी आन्दोलनबाट बनेको यो सरकारको मुख्य लक्ष्य भ्रष्टाचारमुक्त देश बनाउनु र राज्यका प्रणालीहरू सुधार्नु हो। त्यसमा स्वास्थ्य प्रणाली पनि प्रमुख भएकाले यहाँका समस्या बुझ्न, निरीक्षण गर्न र सिनेट बैठकको तयारीका लागि आएकी हुँ।'

जनताले राम्रो सेवा पाऊन्, दुःख नपाऊन्, अनावश्यक अप्ठ्यारो नहोस् भन्ने उद्देश्यले देशभरका अस्पतालहरूको निरीक्षण गरिरहेको उनले बताइन्। यसअघि लुम्बिनी प्रदेशका अस्पतालहरूको निरीक्षण गरिसकेको र अब देशभरका संघीय अस्पतालहरूको अवस्था आफैंले नजिकबाट हेर्ने उनले जानकारी दिइन्।

मेडिकल शिक्षा सुदृढीकरण, अस्पतालको सुधार, बिमाको सुधारलगायत स्वास्थ्यका सबै क्षेत्रमा सुधार गर्नु आफ्नो लक्ष्य रहेको उनले बताइन्। मानसिक स्वास्थ्य कार्यक्रम, श्रमिक स्वास्थ्य कार्यक्रमलगायतका अन्य स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू पनि अघि बढाइने उनले स्पष्ट पारिन्।

मंगलबार दिउँसो करिब साढे ४ बजेतिर प्रतिष्ठान आइपुगेकी मन्त्री गौतमलाई संस्थानका पदाधिकारीहरूले स्वागत गरेका थिए। 

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully