नेपाल आर्थ्रोस्कोपी संघको नयाँ कार्यसमिति सर्वसम्मत

डा. नवीन कर्ण नेतृत्वमा दुई वर्षे कार्यकाल (सन् २०२५–०२७) का लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको शुक्र्रबार काठमाडौंमा आयोजित संघको अधिवेशनमा घोषणा गरिएको हो ।

मंसिर ५, २०८२

कान्तिपुर संवाददाता

Nepal Arthroscopy Association's new executive committee unanimously approved

काठमाडौँ — नेपाल आर्थ्रोस्कोपी संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

डा. नवीन कर्ण नेतृत्वमा दुई वर्षे कार्यकाल (सन् २०२५–०२७) का लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको शुक्र्रबार काठमाडौंमा आयोजित संघको अधिवेशनमा घोषणा गरिएको हो । 

मुख्य निर्वाचन आयुक्त डा. सुदीपमान वैद्य र सदस्य डा. अमिन श्रेष्ठका अनुसार अध्यक्षमा कर्ण, उपाध्यक्षमा राजीव राज मानन्धर, महासचिवमा निरव कायस्थ, कोषाध्यक्षमा राजीव शर्मा, सह–सचिवमा नवीन त्रिपाठी चुनिएका छन् । 

यस्तै सदस्यहरूमा सुवास गुरुङ, सुदीप खनाल, सुवासलाल कर्ण, रामकुमार यादव, मोहित थापा मगर छन् ।

यसअघिका अध्यक्ष डा. अमित जोशीले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको निर्वाचन आयोगका सदस्य डा. श्रेष्ठले जानकारी दिए । 

अधिवेशनबाट चन्द्रबहादुर मिश्र आगामी दुई वर्षपछि जिम्मेवारी सम्हाल्ने गरी अध्यक्षमा निर्वाचित भएको संघको विज्ञप्तिमा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully