वीर अस्पतालको सेवा निजीको भन्दा कम छैन : स्वास्थ्यमन्त्री गौतम

'पुरानो वीर अस्पताल जुन यत्रो वर्ष सेवा दिएर आफैं पनि थकित अलि वृद्ध रोगी जस्तो भएको थियो । त्यो फेरि नयाँ जेन-जी जसरी आफैं पनि अलिकति जुर्मुराएर उठेर राम्रोसँग सेवा दिएको रहेछ ।'

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

Bir Hospital's services are no less than private ones: Health Minister Gautam

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले कुनै पनि निजी अस्पतालको सेवा भन्दा वीर अस्पतालको सेवा कम नभएको बताएकी छिन् । सोमबार अस्पतालको अनुगमनमा पुगेकी मन्त्री गौतमले वीर अस्पतालको सेवा कुनै पनि अस्पतालको भन्दा कम नभएको उल्लेख गर्दै निर्धक्क भएर सो सेवा लिन पनि सबैलाई आह्वान गरिन् ।

आफ्नो लामो समयको चिकित्सकीय ज्ञानको आधारमा पनि वीर अस्पतालको सेवा अन्य अस्पतालको भन्दा कम नभएको मन्त्री गौतमको दाबी थियो । 

'पुरानो वीर अस्पताल जुन यत्रो वर्ष सेवा दिएर आफैं पनि थकित अलि वृद्ध रोगी जस्तो भएको थियो । त्यो फेरि नयाँ जेन-जी जसरी आफैं पनि अलिकति जुर्मुराएर उठेर राम्रोसँग सेवा दिएको रहेछ । त्यसकारण तपाईंहरू सबै जनाले निर्धक्क भएर सेवा लिने वातावरण यहाँ रहेछ,' मन्त्री गौतमले भनिन् । 

मन्त्री गौतमले वीर अस्पतालको सेवालाई विस्तार गर्न भक्तपुरको दुवाकोटस्थित जग्गामा भवन बनाएर काम गर्ने सोच पनि आफूले बनाएको बताइन् । प्रादेशिक अस्पतालहरूको क्षमता विस्तारमा पनि लाग्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully