मृगौला तथा कलेजो प्रत्यारोपण सेवा स्थापना र विस्तारमा उल्लेखनीय योगदान पुऱ्याएकोमा सम्मान गरिएको रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गले जनाएको छ ।
What you should know
काठमाडौँ — नेपालका प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठलाई बेलायतको रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गले ‘फेलोसिप अफ द रोयल कलेज अफ सर्जन्स’(एफआरसीएस) को उपाधि प्रदान गरेको छ ।
विश्वस्तरीय नतिजासहित नेपालमा कलेजो र मिर्गौला प्रत्यारोपण सेवा स्थापना गरेको भन्दै डा. पुकारलाई कलेजले उक्त सम्मान दिएको हो । बेलायतमै प्रत्यारोपणसम्बन्धी अध्ययन पूरा गरेर नेपाल फर्केका श्रेष्ठलाई मृगौला तथा कलेजो प्रत्यारोपण सेवा स्थापना र विस्तारमा उल्लेखनीय योगदान पुऱ्याएकोमा सम्मान गरिएको कलेजले जनाएको छ ।
डा. पुकारले वीर अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गरेका थिए। उनले २०६९ मा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना गरेर देशभरका १ हजार ६ सयभन्दा बढी बिरामीमा मृगौला प्रत्यारोपण गरेका छन् ।
उनको समूहले मस्तिष्क मृत्यु भएकाबाट १३ जनाको मृगौला, ४ जनाको कलेजो र एक जनाको संयुक्त मृगौला तथा कलेजो प्रत्यारोपण समेत गरेको थियो ।
