विश्व पक्षघात दिवसको अवसरमा सचेतना र्‍याली

नेपालमा मृत्युको तेस्रो कारणको रुपमा रहेको पक्षाघातबारे जनचेतना जगाउँदै यसको जोखिम कम गर्न ललितपुर महानगरपालिका तथा उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस्‌को सहकार्यमा बुधबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

Awareness rally on the occasion of World Paralysis Day

What you should know

काठमाडौँ — ललितपुर महानगरपालिका तथा उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस्‌को सहकार्यमा स्ट्रोकबारे समुदायमा जनचेतना जगाउने उद्देश्यले स्वास्थ्य परिक्षण र सचेतना र्‍याली (प्रभातफेरी) गरेको फाउन्डेसनकी संस्थापक अध्यक्ष प्रा. डा. मधु दीक्षित देवकोटाले जानकारी दिइन् ।

नेपालमा मृत्युको तेस्रो कारणको रुपमा रहेको पक्षाघातबारे जनचेतना जगाउँदै यसको जोखिम कम गर्न बुधबार कार्यक्रम आयोजना गरेको उनले बताइन् ।

पाटन दरबार स्क्वायर क्षेत्रबाट सुरु भएको प्रभातफेरी लगनखेल बसपार्क हुँदै दरबार स्क्वायरसम्म पुगेको थियो । मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेल, मिस नेपाल कस्मो २०२५ दिपशिखा नेपाल, ललितपुर महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीयको सहभागितामा भएको थियो ।

अक्टोबर २९ गते मनाइँदै आएको विश्व स्ट्रोक दिवस यो वर्ष 'ब्रिंगिङ स्ट्रोक एडभोकेसी एन्ड अवारनेस टुगेदर टु ड्राइभ एक्सन वन स्ट्रोक'भन्ने नारासहित मनाइएको हो  ।

कार्यक्रममा न्युरोलोजिस्ट डा. घनश्याम खरेलले पक्षघात, यसका जोखिम र बच्ने उपायबारे जानकारी गराएका थिए ।

मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेलले ज्येष्ठ नागरिक भएपछि हुने भनिएको पक्षघातको जोखिममा युवाहरु पनि उत्तिकै देखिएको भन्दै समयमा नै नियन्त्रणको प्रयास गर्नुपर्ने बताए ।

उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस्‌का प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले ललितपुर महानगरपालिका लगायतका विभिन्न संघसंस्थाले गरेको सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने बताए ।

फाउन्डेसनले यसअघि पोखरामा कार्यरत करिब १ सय ५५ जना चिकित्सकलाई स्ट्रोकसम्बन्धी मेडिकल शिक्षा, गोरखाका करिब १ हजार ५ सय लाभान्वित हुने गरी २ दिने निःशुल्क स्वास्थ्य शिविर, चितवनको चनौलीमा करिब १ हजार ६ सय लाभान्वित हुने गरी २ दिने निःशुल्क स्वास्थ्य शिविर, दाङको नेपाल–भारत मैत्री उमा शंकरनाथ मेमोरियल बाल अस्पताल, सर्रामा ७ सय ७१ जना लाभान्वित हुने गरी २ दिने निःशुल्क स्वास्थ्य शिविर र विभिन्न ठाउँमा स्ट्रोकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । हालै नेपाल प्रहरी, केन्द्रीय कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बल, केन्द्रीय कार्यालय हलचोकमा प्रहरी अधिकृत तथा जवानहरुलाई मस्तिष्कघातसम्बन्धी सचेतना गरेको थियो ।

२०७९ साल फाल्गुन २ गते मंगलबार स्थापित फाउन्डेसनले सन् २०२३ मा करिब २ सय ५० जना न्युरो साइन्टिस्टको सहभागितामा न्युरोकन–१ र सन् २०२५ मा करिब ५ सय जना न्युरो साइन्टिस्टको सहभागितामा न्युरोकन–२ सम्पन्न गरिसकेको छ ।

कान्तिपुर

Link copied successfully