जापानिज इन्सेफलाइटिसबाट १०३ संक्रमित

हाल १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र २० जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

भाद्र १२, २०८२

रासस

103 infected with Japanese encephalitis

काठमाडौँ — देशभर जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

शाखा प्रमुख डा. अभियान गौतमका अनुसार हाल १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र २० जनाको मृत्यु भएको छ । 

डा गौतमले जापानिज इन्सेफलाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएको बताउनुभयो । सत्तरी प्रतिशतभन्दा बढी मृत्यु १५ वर्षभन्दा माथिको उमेर समूहका बिरामीको भएको छ । सङ्क्रमणबाट झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासीपूर्व, चितवन र नवलपराली पश्चिममा मृत्यु भएको हो । 

स्वास्थ्यकर्मीहरुका अनुसार क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस हुने गर्छ । यसले मस्तिष्कमा गम्भीर सङ्क्रमण भई बिरामीको मृत्यु हुने गरेको छ । 

रासस

Link copied successfully